बेलबारी, मोरङ /  मजदुर अभाव, उत्पादनमा ह्रास, बढ्दो लगानी आदिका कारण परम्परागत खेतीपाती बिस्थापित हुदै जान थालेको बेेला मोरङ बेलबारीका  कृषकहरु खेेेेती मासेर माछा पालनतिर लाग्न थालेका छन् ।

माछा पालनबाट  राम्रो आम्दानी हुन थालेसगै कृषकरु मछा पालन तर्फ आकर्षीत हुन थालेका हुन् । नगरपालिकाले नगर परिषदबाट माछापालनका लागि बजेट छुटयाएको छ । मत्स्य तालिम, माछा चुना बितरण, माछा भुरा ढुवानी, पोखरी मर्मत सुधार कार्यक्रम लगायतका शिर्षकमा नगरपालिकाले बजेट छुटयाएको छ ।

बेलबारी नगरपालीकामा मात्रै ४० हेक्टर क्षेत्रफलमा माछा पालन भएको  बेलबारी नगरपालिका कृषि शाखाका प्रमुख रुद्र प्रसाद फुयाले जानकारी दिए ।

नगरपालीकाका मेयर ज्ञानेन्द्र सुबेदीले ब्याबसयिक कृषि खेतिमा लाग्नेलाई नगरले बिभिन्न योजना ल्याउने बताए । बजार ब्यबस्थापनको समेत उचित ब्यबस्थान गर्न नगरपालिका तयार भएको उनले बताए । – उत्तम पोख्रेल

1,635 total views, 18 views today

तपाईको प्रतिक्रिया