बेलबारी, मोरङ / मोरङको बेलबारीबाट सञ्चालन हुन थालेको निरन्तर खबर डट कम अनलाइन पत्रिकाको  विधिवत उद्घाटन भएको छ ।

प्रदेश नं १ का प्रदेश प्रमुख गोबिन्द बहादुर सुब्बाको प्रमुख आतिथ्यतामा शनिबार  उद्घाटन तथा सम्मान कार्यक्रम भएकाे हाे । 

कार्यक्रममा समाजबादी फोरमका संसदिय दलका नेता जयराम यादब, नेपाली कांग्रेस प्रदेश नं १ का प्रमुख सचेतक केदार कार्की, एमाले प्रदेश नं १ का सचेतक राज कुमार ओझा, बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द सुबेदी, सुन्दर हरैचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकाल लगायत पाँच दर्जन भन्दा बढि संघ संस्था तथा ब्यापारी, बुद्धिजिबी, शिक्षासेवी र संचारकर्मीहरुको आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा समाजमा उत्कृष्ट कार्य गर्ने केहि ब्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सुन्दर हरैचा नगरपालिका, राजनितिकर्मी बसन्त भट्टराई, कबिर माद्यमिक बिद्यालय बेलबारी २, स नोवेल मेडिकल कलेज बिराटनगर  र पर्यटकीय स्थल बेतना सिमसार सामुदायिक बन छन् ।

कार्यक्रममा  प्रमुख अतिथि प्रदेश प्रमुख गोबिन्द सुब्बाले सुभकामना मन्तब्य राख्ने क्रममा नागरिकलाई सहि सुचना दिन देशको चौथो अंग पत्रकारले निस्पक्ष रुपमा कार्य गरी सहयोग पु¥याउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा प्रा.लि.का अध्यक्ष बस्नेतले मध्य मोरङको बेलबारीमा खोलिएको अनलाइन पत्रिकाले समाजमा भएका सुचनाहरुको निष्पक्ष सम्प्रेषण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथीको स्वागातार्थ किराँत राई यायोख्खा, नेपाल तमु बुद्धिष्ट संघ, नेवा समाज बेलबारी, धिमाल समाज बेलबारी, तामाङ घेदुङ संघ, सिसौली एकता समाज, बिराट पञ्चेश्वर भजन मन्डली लगायत तिन दर्जन बढी संघ संस्थाहरुले झाँकी तथा भजन किर्तन प्रस्तुत गरेका थिए ।

निरन्तर मिडिया ग्रुप प्रालिका अध्यक्ष भोजराज बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रम बेलबारी नगरपालिका १ मा रहेको नेपाल तमु बुद्धिष्ट गुम्बाको सभाहलमा भएको  हाे । कार्यक्रममा निरन्तर खबर डट कमका प्रधान सम्पादक हरि कोईरालाले स्वागत मन्तब्य राखेक थिए भने कार्यक्रमको संचालन निरन्तर मिडिया गु्रप प्रा.लि.का प्रमुख सल्लाहकार भुवन कार्कीले गरेका थिए ।

3,978 total views, 2 views today

तपाईको प्रतिक्रिया