दिपेन्द्र यादव, सुनसरी / दिनहूँ लाखौँ रुपैँया बराबरको सरसमान भारतीय बजारबाट तस्करी भइरहेको बेेला सुनसरी प्रहरीले शनिबार ६३ हजार रुपैयाँ बराबरको कपडासहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटेको विषेश टोलीले सुनसरीको दक्षिणवर्ती क्षेत्रमा रहेका हरिनगरा गाउपालिका वार्ड नं. ६ बस्ने वर्ष ३३ को मो. जावेद आलमलाई कपडासहित प्रकाउ गरेको हो ।

जावेदले भारतीय बजारबाट २ वटा बोरामा प्याक गरीएको ६३ हजार बरावरको भारतमा निर्मित रेडिमेट कपडाहरू अवैध रुपमा भन्सार छलेर नेपाल तर्फ ल्याउँदै गर्दा हरिनगराबाट प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरायण प्रसाद चिमौरियाले जानकारी दिए ।

जिप्रका सुनसरीका प्र ना उपरीक्षक चिमौरियाका अनुसार जावेदले हरिनगारा गाउँपालिकाको भुटाहाबाट बा. १८ प ३५७० नम्वरको मोटरसाईकलमा लोड गरी ल्याई रहेको अवस्थामा फेला पारीएको थियो  । आलमलाई शनिबार पक्राउ गरी सामान सहित आवश्यक कारवाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी व्यारेजमा पठाएको उनले  बताए ।

त्यस्तै प्रहरीले देवानगंज गाउपालिका ४ स्थित नेपाल भारत सिमा नजिक ग्यालेनमा बोकी चोरी निकाशी गरी लगिरहेको डिजल बररामद गरेको छ ।

नेपालबाट तस्करी गरी भारतीय बजारमा लगीरहेको ५ हजार मूल्य बरावरको ८० लिटर डिजेल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

1,055 total views, 2 views today

तपाईको प्रतिक्रिया