धनकुटा । जिल्लाको धनकुटा नगरपालिका ९ मुलघाट नजिक बुधबारसाँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक घाईते भएका छन।

मुलघाटबाट धनकुटा तर्फ आउँदै गरेको को.२ त.३११५ नम्बरको ट्याक्टर ब्रेक फेल भई अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटा नगरपालिका–९ माहाङका १८ वर्षिय सरोज भण्डारीको जिल्ला अस्पताल धनकुटा ल्याइ पुर्याएपछि मृत्यु ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

यस्तै दुर्घटनामा परि धनकुटा नगरपालिका–९ माहाङ कै पवन भण्डारी घाईते भएका छन उनको जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान धरान पठाइएको छ।
ट्याक्टर चालक धनकुटा–९ का गोविन्द भण्डारी भने फरार रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। ट्याक्टर सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटना भएको छ।

3,180 total views, 2 views today

तपाईको प्रतिक्रिया