युवराज ठकुरी /सिंहदेवी,मोरङ / “हाम्रो जेफाले हाम्रो पहिचान ,अनुशासित खेलाडीको सम्मान”भन्ने मुल नारा सहित केराबारी गाउँपालिका-२,सिंहदेवी,मोरङमा आयोजित नयाँ बर्ष मेलाको अबसरमा भएको भलिबल प्रतियोगिताको उपाधि केराबारी गाउँपालिकाले हात पारेको छ ।

इटहरी उपमहानगर पालिकालाई पराजित गर्दै केराबारी गाउँपालिकाले प्रथम पुरस्कार हात पारेको हो।
नयाँ २०७५ को अवसर पारेर जेफाले पर्यटन मेला तथा भलिबल प्रतियोगिता बैशाख १गते देखि ४ गतेसम्म सन्चालन गरिएको समितिका अध्यक्ष भीम ठकुरीले बताए।
जेफाले पर्यटन क्षेत्रको प्रचारप्रसारमा वैशाख १गते सृजना वाचन र शुभकामना आदानप्रदान कार्यक्रम पनि गरिएको थियो।
भलिबल प्रतियोगितामा मोरङ,सुनसरी ,धनकुटाका गरीी ११ टिमले सहभागिता जनाएको आयोजकले बताएको छ ।
प्रतियोगितामा दोस्रो हुने इटहरी उपमहानगर पालिका भलिबल टिमले पचास हजार र प्रमाणपत्र ,कप,मेडल र प्रथम केराबारी गाउँपालिका भलिबल टिमले हुनेले तीसहजार र प्रमाणपत्र ,कप,मेडल हात पारेको छ।
प्रतियोगिताको मुख्य प्रायोजक केराबारी गाउँपालिका कार्यालय रहेको थियो भने २ नं.वडा कार्यालय सिंहदेवी र अन्य सहयोगी व्यक्ति संस्थाहरू रहेका थिए।
उक्त अबसरमा १५ सय जना जेफाले भ्युटावर चढेर अबलोकन गरेका थिए।
प्रतियोगिताको पुरस्कार वितरण प्रदेश सभा ख का सांसद उपेन्द्र घिमिरे र विराट पर्यटन क्षेत्र तथा जेफाले पर्यटन विकासका अध्यक्ष डिल्लीराम शर्मा ,केराबारी गाउँपालिका – २ सिंहदेवीका वडाध्यक्ष प्रेमबहादुर लिम्बूले गरेका थिए।

6,534 total views, 2 views today

तपाईको प्रतिक्रिया