दिपेन्द्र यादव, सुनसरी  । सुुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ मा ३१ लाख लागतमा बन्ने  प्रसुति गृहको सिलन्यास भएको छ ।

स्थानिय स्तरमा स्वास्थय सेवा तथा ग्रामिण क्षेत्रमा रहेको गर्भवति महिलाहरुलाई प्रसुति सेवा दिने उद्देश्यका साथ बुधबार भोक्राहा नरसिंह गाउँपलिका अध्यक्ष महेन्द्र प्रसाद यादवले प्रसुति गृहको सिलान्यास गरेका हुन ।

प्रसुति गृह निर्माणका लागि भोक्राहा नरसिंह गाउँपालिका वाडा नं.७  तथा बेलायत सरकारको सहयोगमा बन्न लागेको निर्माण समितिका अध्यक्ष रमेश प्रसाद यादवले जानकारी दिए । नरसिंहको ग्रामिण क्षेत्रमा बन्न लागेको प्रसुति गृह बाट नरसिंहका लगभग ११ हजार जना लभान्वित हुने निर्माण उपभोक्ता समितिका अध्यक्ष यादवले बताए ।

त्यस्तै यता प्रसुति गृहबाट लगभग २१ सय ६५ जना महिला र अरु अन्य लभान्वित हुने भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र यादवले बताए । वडाध्यक्ष यादवले बताएअनुसार नरसिंहमा रहेका विपन्न परिवारका सदस्यहरुलाई अब राहत हुने बताए । अहिले दिउँसो काम गरेर राती खाने भोक्राहा नरसिंहका अधिकांश घरधुरी विभिन्न समस्याले त्रसित रहेका छन् । तर अब प्रसुति गृह बनेपछि उनीहरुलाई स्थानिय स्तरमा सहुलियत मिल्ने बताए ।

यता आरआरएनआईको सामुदायिक विकास कार्यक्रम अन्तर्गत भवनको निर्माणको लागि २४ लाख ६८ हजार ४ सय ७७ रुपैयाँ नौ पैसा र वडा कार्यालयबाट ६ लाख २७ हजार ८ सय ८० रुपैयाँ गरी ३० लाख ९६ हजार ३ सय ५७ रुपैयाँ नौ पैसा बजेट रहेको भोक्राहा नरसिंह गाउँपालिका वाडा नं. ७ का वडाअध्यक्ष रामचन्द्र यादवले बताए ।

सो सिलान्यास कार्यक्रममा उपाध्यक्ष पुनम देवि मेहता, सिडिपि कार्यक्रमकी सरस्वति कोइराला, स्वास्थ्य चौकी नरसिंहका इन्चार्ज रामशंकर साह, संघिय समाजवादी फोरम नेपालका जिल्ला सचिव मनोज यादव, पत्रकार जयकृण यादव, सुकदेव चौधरी, प्रतिक्षण दैनिकका दिपेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।

1,998 total views, 2 views today

तपाईको प्रतिक्रिया