दिपेन्द्र यादव, सुनसरी ।सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाकामा आइतबार सार्वजानिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।

भोक्राहा नरसिहं गाउँपालिकाले आफ्नो दोस्रो चौमासिकको प्रगति विवरण सहित गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सरोकारवालाहरुले विकास र सुशासन नङ्ग र मासु जस्तै समबन्ध भएकाले स्थानिय सरोकारवालाहरु सुशासन प्रति प्रतिवद्ध रहेको बताएका छन ।

सुशासन विनाको विकास गुणस्तरिय हुन नसक्ने भन्दै भोक्राहा नरसिंहका स्थानिय सरोकारवालाहरुले सुशासनमा जोड दिएको भोक्राहा नरसिंह वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र यादवले बताए ।

त्यस्तै यता गाउँपालिकाले गाउँका सरोकारवालाहरुसग प्रत्यक्ष प्रश्न उत्तर गर्ने, सल्लाह सुझाव र प्रतिकृया लिने सार्वजनिक सुनुवाई कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका जिल्ला सचिव तथा भोक्राहा नरसिंह गा पा का इन्चाई मनोज कुमार यादव,राजनीतिकर्मी शिवराम यादव, भोक्राहा नरसिंह वडा नं. ४ का वडा सदस्य सुनिल साह लगायतका व्यक्तिहरुले गाउँपालिकाको बजेट २९ करोड रुपैँया भन्दा बढीको बजेट भएपनि कार्यान्वयन फितलो रहेको बताएका छन ।

सोे कार्यक्रमका सहभागीहरुले गाउँपालिकाको काम प्रति चासो राख्दै सल्लाह सुझाव र प्रतिकृया दिएका समेत दिएका थिए । गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रासद यादवले सबै प्रश्नहरुको जवाफ दिए । यादवले गापाको सेवा प्रवाहमा छिटो छरितो दिएको , कर्मचारीहरुबाट सरल र मिठासपुर्ण व्यवहार प्रदर्शन भएको बताए । अध्यक्ष यादव कार्यालयको सुशासन र सरसफाईमा ध्यान दिएको, भाडाको घरमा भएर पनि राम्रो आकर्षक रुपमा काम प्रवाह गरेको बताए ।

सो कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शशी राईले पुजीगत बजेट तर्फ १७ करोड रुपैँया विनियोजन गरेकोमा ४ करोड खर्च भएको र १३ करोड खर्च गर्न अझै बाँकी रहेको बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुनम कुमारी मेहता, १ नम्बर वडा अध्यक्ष ललित थापा, २ का आलम अंसारी, ३ का सुकदेव यादव, ४ का हारुन अंसारी, ५ का बसरुद्धिन मंसुरी, ६ का राजेश्वर प्रसाद साह, ७ का रामचन्द्र यादव र ८ का हात्तिम अंसारी लगायतका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

त्यसैगरी केही कर्मचारी काम गर्ने समयमा मोवाईल खेलाएर बसेको, कार्यालय समयसम्म वडादेखि गाउँपलिकासम्म सबै बस्नुपर्ने, इन्जिनियरहरु एकै पटक बाहिर जाने गरेकाले समस्या देखिएकोले त्यसलाई रोक्नुपर्ने वा कहाँ गएको सूचना पार्टीमा खुलाउनुपर्ने , केही कामको भुत्तानी लिन लेखामा अतिरिक्त रकम तिर्नुपरेको गुनासो आएको छ त्यसलाई रोक्नुपर्ने सुझाव दिएका छन् ।

दलहरूले गरे बहिष्कार 

त्यस्तै गा पा का तिन राजनीतिक दलहरुले सामुहिक रुपमा प्रेस विज्ञप्ती जारी गरी आइतबार आयोजित सार्वजानिक सुनवाई कार्यक्रम बहिष्कार गरेका छन । भोक्राहा नरसिंह गाउँपालिकाका एमाले अध्यक्ष रामकुमार मेहता, संघिय समाजवादी फोरम नेपालका भोक्राहा नरसिंह गा पा अध्यक्ष गुरुदेव यादव र नेपाली काग्रेँसका भोक्राहा नरसिंह सभापति युवराज दहालले संयुक्त रुपमा सार्वजनिक सुनवाई कार्यक्रम बहिष्कार गरेका हुन्  ।

 

981 total views, 55 views today

तपाईको प्रतिक्रिया