गीतकार लोक रेग्मीको नयाँ म्यूजिक भिडियो ‘आधी बाटो सँगै हिडेउ’ बजारमा आएको छ ।

गायक प्रेम मोक्तानको स्वरमा रहेको गीतको म्यूजिक भिडियोमा गीतकार रेग्मीका साथमा साथमा करिब एक सय बढी म्युजिक भिडियो तथा नेपाली फिल्ममा अभिनय गरिसकेकी नायिका रुबिना श्रेष्ठ तथा करिब २० वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल मञ्जु तामाङको अभिनय रहेको छ र सोम मंग्रातीको श्रृगारका साथमा अभिनय पनि रहेको छ ।

म्यूजिक भिडियो गीतकार रेग्मी कै निर्देशनमा बनेको हो भने छायांकन देवराज सिग्देलले गरेका हुन । गीतकार रेग्मी एक दशक भन्दा लामो समयदेखी संगीत क्षेत्रमा सक्रिय छन । उनले यसअघि सुख दिन्छु भन्नेहरु भन्ने गीतको म्युजिक भिडियो बजारमा ल्याइसकेका छन । गीतकार रेग्मी अमेरिकामा आफ्नो कामको सिलसिलामा व्यस्त रहेर पनि वर्षमा कम्तिमा १ पटक नेपाल आई विभिन्न सांगितीक कार्यक्रममा सहभागीता जनाउदै आएका छन ।

‘आदी बाटो सँगै हिड्यो’ को म्यूजिक भिडियो हेर्नुहोस

 

6,766 total views, 10 views today

तपाईको प्रतिक्रिया