सुनसरी / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा तिने दिने पत्रकारीता तालिम सन्चालन हुुुुने भएको छ ।

स्मार्ट सिटी सञ्चार केन्द्र भोक्राहा नरसिंह ७, सुनसरीको आयोजनामा युवा लक्षित तिन दिने पत्रकारीता तालिम सोमवार सुरु हुनेछ  । भोक्राहा नरसिंह गाउँपालिकाको सहयोग तथा स्मार्ट सिटी सञ्चार केन्द्रको आयोजना तिन दिने पत्रकारीता तालिमको आयोजना गरेको संस्थाका अध्यक्ष दिपेन्द्र यादवले बताए ।

अध्यक्ष यादवले बताए अनुसार तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थी पत्रकारहरुलाई थप पत्रकारीता तालिमको व्यवस्था गरी पाँच जना उत्कृष्ट युवाहरुलाई रोजगारी समेत दिइने छ । त्यस्तै यता सामाजिक गतिविधिहरुलाई संचार माध्यमसम्म पुर्याउनका लागि  तालिमकोे आयोजना गरेको संस्थाका अध्यक्ष यादवले बताए ।

2,079 total views, 2 views today

तपाईको प्रतिक्रिया