लोकनाथ रिजाल । लुकेर बसेको प्रतिभा कति बेला एकै चोटी चर्चामा आउँछ पत्तै हुदैन । यसो हुनुमा सामाजिक सञ्जालहरुकै देन उल्लेख्य रहने गरेको छ । युटुबरहरुलाई नै थाहा हुन्न कि आफैले अपलोड गरेको भिडियो कति बेला भाईरल भइदिन्छ भनेर ।

यस्तै भएको छ झापा दमकका १२ बर्षिय अशोक दर्जीको जीवनमा । अहिले उनी युट्युबमा गित गाएरै भाईरल भएका छन् । मिठो गित गाएर सबैलाई मोहित बनाउन सक्ने कला अशोकमा रहेको छ । गायकीमा उनको अदभूत क्षमता भएका कारण छोटो समयमा नै चर्चामा आएका छन् ।

बिशेष गरेर युटुवहरुमा उनको लोकप्रियता बढ्दो छ । अशोकसंग फोकस टिभी उर्लाबारीले लिएको एउटा अन्र्तबार्ता अहिले युटुबको चौथो ट्रेन्डीङमा पर्न सफल भएको छ ।

एउटा बिपन्न परिवारमा जन्मिएका उनमा हर कोहीलाई लठ्याउने मिठास पुर्ण स्वर रहेको छ ।

झापाको दमकमा रहेको बेलडाँगी शरणार्थी शिविरमा गीत गाएर आफ्नो अनि परिवारका लागि जिविकोपार्जनका लागि पैसा संकलन गर्दै आएका उनी जम्मा भएको पैसाले परिवारमा नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्छन् ।

केही महिना अघिसम्म झापाको केही शहरहरुमा मात्रै सिमित रहेको उनको प्रतिभाले यतिबेला देशमा मात्र नभर बिदेशमा रहेका नेपालीहरुको पनि मन जित्न सफल भएको छ ।
२ कक्षा सम्म मात्रै अध्यन गरेका उनले आर्थिक अवस्था नाजुक भएका कारणले गर्दा नै स्कुल जान छोडेको बताए । तर पछिल्लो समय धेरैले सहयोग गर्ने वाचा गरेकाले आगामी बर्षदेखि पुनः स्कुल जाने र संगीतसँगै पढाईलाई पनि अघि बढाउने चाहाना रहेको उनले बताए ।

निम्न बर्गीय परिवारका अशोकको बुवा बिष्णु र आमा ललिताले बनिबुतो गरेर घर चलाउने गरेका छन् । गायक हेमन्त रानाको ‘सुन साइली’ दुरुस्त गाउने उनी अर्का बालगायक प्रेम परियारको ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘यी आखाँमा तिमी छौ’ जस्ता गीतहरु उत्तिकै मिठासपुर्ण स्वरमा गाउँछन् । गाउने हरेक गितमा मिठास भए पनि शब्दका बारेमा अशोक अल्मिलिने गरेका छन् ।

अन्य समय कुनै न कुनै क्रियाकलाप गरेर केटाकेटी पना देखाउने उनी जब गीत गाउन सुरु गर्छन्, तब सबथोक बिर्सिएर दत्तचित्त भएर गाउँनमा नै मस्त हुन्छन् ।

सहयोगको ओइरो 

यिनै अशोकको जीवन भने अहिले फेरिन सुरु गरेको छ । उनलाई सहयोग जुट्ने क्रम सुरु भईसकेको छ भने केही दिनमा नै राजधानी जाने तरखरमा रहेका छन् ।

फोकस टिभी उर्लाबारीको आयोजनामा उर्लाबारीमा सोमबार सम्पन्न अशोक दर्जी प्रतिभा पहिचान कार्यक्रममा बिभिन्न ब्यक्तिहरुले सहयोगको घोषणा गरेका छन् । उनको माध्यमिक तह सम्मको शिक्षा, बसोबास तथा खानपीनका लागि बेथेल एजुकेशन एकेडेमीले सहयोग गर्ने भएको छ । एकेडेमीका फाउण्डर दिपक न्यौपानेले अशोकको प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्नूका साथै सम्पुर्ण खर्च आफुले उठाउने बताए ।

त्यस्तै उर्लाबारी–६ का सचिन योञ्जनले उनको आर्थिक अवस्था एकदमै कमजोर रहेको भन्दै ५० हजार रुपैया दिने घोषणा समेत गरे । कार्यक्रममा बिभिन्न ब्यक्ति तथा संघसंस्थाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । त्यस्तै कार्यक्रमका प्रमुख अतिथी उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले प्रतिभावान अशोकलाई सक्ने सहयोग गर्ने आश्वासन दिए ।

7,787 total views, 16 views today

तपाईको प्रतिक्रिया