अस्ट्रेलिया । श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्म भारतमा भएको भन्ने गलत सूचना राखिएको बिषयमा श्रीलंकास्थित नेपाली राजदूत विश्वम्भर प्याकुरेलले केही महिनाअघि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको भएपनि त्यो बिवरण सच्याउन  कूटनीतिक पहल नभएकोमा लुम्बिनी कपिलवस्तु दिवस अभियानलेे आपत्ति जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौड्यालले त्यस्तो भ्रमपूर्ण सूचनालाई  सच्याउन कोलम्बोस्थित दूतावासले नै पहल गर्नुपर्ने बताएपनि विवरण सच्याउन पहल नभएको  बिषयमा अभियानले आपत्ति जनाएको हो । केही दिनअघि एक दैनिक पत्रिकामा पौडेलले त्यस्ता काममा कोलम्बोस्थित दूतावासले आफैैं भूमिका देखाएर सम्बन्धित निकायमा पत्राचार गरी विवरण सच्याउनु पर्ने बताएका थिए । सो बिषयमा सरकार पनि जिम्मेवार हुनुपर्नेमा उल्टैै पन्छिन खोजेपछि अभियानले बिज्ञप्ति प्रकाशित गरी बिरोध गरेको हो ।

लुम्बिनी कपिलवस्तु दिवस अभियानका बिश्व संयोजक रामकुमार श्रेष्ठले जारी गर्नुभएको बिज्ञप्तिमा भनिएको छ – “यो राष्ट्रियताको प्रश्नसंग सम्बन्धित मात्रै नभएर प्रजातन्त्रको सबलिकरण, मानब अधिकार हननको प्रतिरक्षा, वुद्धप्रतिको सही आदर जस्ता कारणले गर्दा पनि विस्वब्यापी रुपमा देखा परेको यो समस्या समाधानको लागि पररास्ट्र र दूतावास मुख हेराहेर गर्नुभन्दा बरु यस किसिमका समस्याको लागि त कस्ले समाधान गर्ने भन्ने प्रतिस्पर्धा हुनुपर्ने देखिन्छ ।”

बिज्ञप्तिमा जनस्तरबाटै समाधान भैसकेका यस्ता समस्या समाधानका लागि मन्त्रालयलाई जानकारी दिंदै सम्बन्धित देशका कुटनीतिक नियोगले यस किसिमका समस्या समाधानार्थ तुरुन्तै  पहल गर्न र ढिलाई नगर्न  आग्रह गरिएको छ ।

बिज्ञप्तिमा केहि देशको पाठ्य पुस्तक, राष्ट्रिय र अन्तराष्ट्रिय महत्वका संग्राहलय, बुद्ध मन्दिर र पुस्तकहरुमा नै यसबारे गलत जानकारी राखिएको र  केही प्राबिधिक कारणले गर्दा वुद्धको जन्मस्थलका बिषयमा विश्वब्यापी दिग्भ्रम कायमै भएपनि पुरातात्विक र ऐतिहासिक प्रमाणका आधारमा नेपालको लुम्बिनी नै वुद्धको जन्मस्थल हो भन्ने कुरामा शंका नभएको जनाइएको छ ।

सन २०१० अगस्टमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई  पूर्व मन्त्रीद्धय राजेन्द्र श्रेष्ठ र दीप कुमार उपाध्याय, डा आरजु देउवा, डा. कबिताराम श्रेष्ठ लगायतका ब्यक्ति सहभागी भएको टिमसंगै गएर  लुम्बिनी कपिलवस्तु दिवस अभियाले ज्ञापन बुुुझाएको स्मरण गर्दै बिज्ञप्तिमा विभिन्न देशका संग्रहालय र पाठ्यपुस्तकमा भएका बुद्धको जन्मस्थल बारेमा गलत जानकारी हटाइ त्यस किसिमका दिग्भ्रम निस्तेज गर्न  अविलम्ब कुटनीतिक कदम चालियोस भनी आग्रह गरिएको छ । त्यसबेला अभियानका विश्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठद्धारा हस्ताक्षरित ज्ञापन पत्र बुझाइएको थियो ।

त्यसैगरी बिज्ञप्तिमै २०१५ डिसेम्बरमा अभियानको सातौं बार्षिकोतसबमा कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डलाई अभियानका तर्फबाट विश्व संयोजक रामकुमार श्रेष्ठले कतिपय प्राबिधिक कारणले गर्दा केही देेेशका पाठ्य पुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याइनु पर्ने आग्रह गरी तयार पारिएको अनुसन्धानात्मक प्रतिबेदन हस्तान्तरण गरेको र अभियानको प्रतिबेदनलाई आधार मानेर नेपाल सरकार मन्त्रिपरिषदको  निर्णय गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत ती सात देशमा पत्राचार गरेको उल्लेख गरिएको छ । त्यसबेला अमेरिकी रास्ट्रपति बाराक ओबामा, चिनिया रास्ट्रपति सी जिनपिङ, भारती प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री शिन्जो अबे, श्री लंकाका रास्ट्रपति मैथ्रिपाला सिरिसेना, थाइ प्रधानमन्त्री प्रायुत चानचा र नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटलाई सम्बोधन गरी लेखिएको ज्ञापनपत्र तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको थियोे । 

त्यसो त जनस्तरबाट सन्चालित विस्वब्यापी अभियानको पहलमा वुद्ध जन्मस्थल बिषयमा भएको गलत जानकारी गुगल र राष्ट्रिय र अन्तराष्ट्रिय महत्वका बुद्धिस्ट मन्दिर, स्वीडेनका पुस्तकहरु, ब्रिटिश म्युजियम आदिमा सच्याउने निर्णय भइसकेका छन् ।

राष्ट्रसंघको एउटा महत्वपूर्ण निकाय युनेस्कोले वुद्ध जन्मस्थल भएकै कारण नेपालको लुम्बिनीलाई १९९७ मा विस्व संपदा सूचिमा राख्ने निर्णय गरेको थियोे  । पेरिसस्थित यस्को केन्दिय कार्यालय र अन्तराष्ट्रिय न्यायालय हेगमा वुद्ध नेपालमा जन्मनु भएको जानकारी सहित वुद्धको मूर्ति स्थापना गर्ने काम भैसकेको छ । राष्ट्रसंघ मार्फत लुम्बिनीको विकासको लागि हालसम्म दुइवटा गुरु योजनाहरु बनिसकेेेका छन् ।

जापान सरकारको आर्थिक सहयोगमा युनेस्कोद्धारा वुद्ध जन्मस्थल क्षेत्रमा गरिएको प्रो कनिङ्घामको नेतृत्वमा भैरहेको अत्याधुनिक अनुसन्धात्मक उत्खननले बुद्ध जन्म समयबारे नयाँ बैज्ञानिक तथ्य सार्वजनिक गरिसकेको छ । नेपालको लुम्बिनीलाई  ठूला अन्तराष्ट्रिय संचार माध्यमहरुले प्राथमिकतामा पारेका छन् । न्यासनल जियोग्राफीले त यसबारे डकुमेण्ट्री नै बनाइसकेको छ ।

 

 

1,166 total views, 89 views today

तपाईको प्रतिक्रिया