दिपेन्द्र यादव, सुनसरी । सुनसरीको सिमावर्ती क्षेत्रमा भारतिय मोटरसाइकलको विगविगी बढेको छ ।

सिमावर्ती क्षेत्रमा नेपाली तस्करहरुले भारतीय मोटसाईकलको सहयोगमा तस्करी गर्ने क्रम समेत बढेको छ ।  स्थानिय सन्तोष मेहताका अनुसार सिमावर्ती क्षेत्रमा रहेका बजारहरुबाट भारतीय नम्बर प्लेटको मोटरसाईकलमा भारतीय बजारबाट खाद्यान्न, लत्ताकपडा, रसायनिक मल तथा लागु औषध समेत नेपाली बजारमा ओसार पोसार भइरहेका छन् ।

सिमावर्ती क्षेत्र नजिक रहेका भारतको बेला बसमतिया, विरपुर, भिमनगर, सिमराही, घुर्ण लगायतका बजारहरुबाट समान खरिद गरी नेपालका सानादेखि ठुला बजारसम्म आपूर्ति गर्ने गरेको समाचार स्रोतले बताएको छ ।

सिमा क्षेत्रमा खटिएका प्रहरीका अनुसार भारतीय नम्बर प्लेटको मोटरसाईकलमा आएका सर्वसाधारणहरुलाई अावश्यक चेकजाँच गरी नेपाल छिर्न दिइएको छ । सिमावर्ती क्षेत्रमा दरबन्दी अनुसारको प्रहरी नभएका कारण सिमावर्ती क्षेत्रमा चोरी, तस्करी रोक्न समस्या भएको प्रहरीको भनाइ छ । सिमावर्ती क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको कार्यालयमा प्रहरीको स्वीकृत दरबन्दी अनुसार सिमावर्ती क्षेत्रमा खटिएका प्रहरीहरुले सिमावर्ती क्षेत्रका जनताहरुलाई आवश्यक सुरक्षा दिन नसकेको सिमावर्ती क्षेत्रका स्थानियहरुको कथन छ ।

सिमावर्ती क्षेत्रमा नेपालको कानुन विपरीत रहेका भारतीय नम्बर प्लेटको मोटरसाईकल नियन्त्रणमा लिई कारवाही गर्ने क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक अभिचन्द्र रिजालले बताए । प्र ना उ रिजालले तस्करले मात्र हैन, सिमावर्ती क्षेत्रका सर्वसाधारणहरुले पनि भारतीय नम्बरको मोटरसाईकल चढ्ने गरेको जानकारी प्राप्त भएको बताए ।

1,302 total views, 53 views today

तपाईको प्रतिक्रिया