दमक, १ बैशाख । गीतकार लोक रेग्मीको मिलन विछोड गीती एल्बमको गित ‘आदी बाटो सँगै हिड्यो’ बोलको गीतको म्युजिक भिडियो छायांकन गरिएको छ । इलामको दानाबारी, चपेटी तथा दमकको बसपार्क, युनिक कलेज तथा विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको उक्त गीतमा गीतकार रेग्मीको शब्द सृजना तथा निर्देशन रहेको छ भने संगीत राम सिटौलाको रहेको छ । अलगधार संचार समूहको प्रडक्सन रहेको भिडियोको रेग्मी नै सम्पादनमा रहनेछन ।

युवा गायक प्रेम मोक्तानको स्वर रहेको उक्त गीतको भिडियोलाई देवराज सिग्देलले छायांकन गरेका छन भने प्रकाश कार्तिक गिरीले दिएका छन । गीतकार रेग्मीको निर्देशन रहेको भिडियोमा स्वयं रेग्मीका साथमा करिब एक सय बढी म्युजिक भिडियो तथा नेपाली फिल्ममा अभिनय गरिसकेकी नायिका रुबिना श्रेष्ठ तथा करिब २० वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल मञ्जु तामाङ रहेको छ र सोम मंग्रातीको श्रृगारका साथमा अभिनय पनि रहेको छ ।  म्युजिक भिडियो छिट्टै बजारमा आउने गीतकार रेग्मीले जानकारी दिए । गीतकार रेग्मी एक दशक भन्दा लामो समयदेखी संगीत क्षेत्रमा सक्रिय छन् । उनले हालै मात्रै सोही गीती एल्बम मिलन विछोडमा रहेको सुख दिन्छु भन्नेहरु भन्ने गीतको म्युजिक भिडियो बजारमा ल्याइसकेका छन् । गीतकार रेग्मी अमेरिकामा आफ्नो कामको सिलसिलामा व्यस्त रहेर पनि वर्षमा कम्तिमा पनि १ पटक नेपाल आई विभिन्न सांगितीक कार्यक्रममा सहभागीता जनाउदै आएको बताउँछन ।

4,120 total views, 2 views today

तपाईको प्रतिक्रिया