बेलबारीस्थित संयन्त्र सन्चार सहकारी संस्था लिमिटेडको संचालक समितिमा कांग्रेसको पुरै प्यानल आएको छ ।

साधारणसभामा चुनावी प्रतिस्पर्धा गरिएकोमा बाम गठबन्धनका उम्मेद्वारको प्यानललाई पछि पार्दै कांग्रेसका उम्मेद्वारले चुनाव जितेका हुन् । जस अनुसार अध्यक्षमा भोजराज बस्नेत, उपाध्यक्ष अमर सिंह लिम्बु, सचिब कुलप्रसाद वराल र कोषाध्यक्ष थिर बहादुर श्रेष्ठ बिजयी भएका छन् । कोषाध्यक्षका उम्मेद्वारको दुइवटा नाम उल्लेख भएकोपछि त्यसमा सामान्य विवाद भएको थियोे ।

त्यसैगरी सदस्यमा हरिबहादुर बिक, सनम पोख्रेल, रामकाजी राई, रिता कोइराला, र राजेश खत्री बिजयी भएका छन् । त्यस्तै लेखासुपरिवेक्षण समिती संयोजकमा राजु बस्नेत र सदस्यहरुमा केदार प्रसाईं र गंगा गुरुङ बिजयी भएका छन् । बिजयी भएकामध्ये गंगा मात्र बाम गठबन्धनकी हुन् ।

1,520 total views, 2 views today

तपाईको प्रतिक्रिया