धनकुटा, ३० चैत । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) को सातौं जिल्ला अधिवेशनले पदम रखाल मगरको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कार्य समिती सर्वसम्मत निर्वाचित गर्दै बिहीबार राती सम्पन्न भएको छ । समितिको उपाध्यक्षमा रविन मग्राती, संगिता कटुवाल सचिवमा शुक्रराज लिम्बू, सहसचिवमा सिताराम लिम्बू, सुस्मिता राई र कोषाध्यक्षमा नविन पौडेल सर्वसम्वतरुपमा निर्वाचित भएका छन ।
सम्मेलनको उद्घाटन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष विजय गौतमले शिक्षामा देखिएको विभेद अन्त्य गर्न सरकारले निजी विद्यालय बन्द गर्नुपर्ने बताए । शिक्षाको गुणस्तर घट्दो अवस्थामा रहेका सरकारी विद्यालयको विकास गरि प्राबिधिक शिक्षा ल्याउनुपर्ने गौतमको भनाइ थियो ।
कार्यक्रममा माओवादी केन्द्र धनकुटा इन्चार्ज उज्ज्वल किराँती र सह इन्चार्ज ऋषिराम ढुंगाना, अखिल क्रान्तिकारी केन्द्रीय सचिव मदन भट्टराई, केन्द्रीय अनुशासन आयोग सचिव गञ्जु प्रधान, पूर्व केन्द्रीय सचिव मिलन बास्तोला, धनकुटा इन्चार्ज हेमचन्द्र किराँती, नेपाल राष्ट्रिय बुद्धिजीबी संगठन धनकुटा अध्यक्ष देवेन्द्र गुरागाई, एकिकृत अखिल नेपाल शिक्षक संगठन धनकुटा अध्यक्ष भीम राई, प्रेस सेन्टर धनकुटा अध्यक्ष ईश्वर थापाले शुभकामना मन्तव्य राखेका थिए ।

2,012 total views, 2 views today

तपाईको प्रतिक्रिया