विराटनगर । प्रदेश १ को सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को तीन महिनाका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बिहीबार प्रदेशसभाको बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।
२०७५ सालको बैशाखदेखि असार मशान्तसम्मका लागि प्रदेश सरकारले चालुतर्फ ५४ करोड ३८ लाख र पूँजीगततर्फ ४७ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बजेटमा गरिवका लागि परिचयपत्रको आधारमा खाद्यान्न उपलब्ध गराइने, शहीद परिवारलाई सीप सिकाउने लगायतका कार्यक्रम समावेश छन् ।

प्रदेश १ मा सात विषयगत समिति
प्रदेश १ को प्रदेशसभा बैठकले प्रदेशसभा सञ्चालनका लागि  सात वटा संसदीय समिति गठन गरेको छ।
बुधबार बसेको बैठकले प्रदेेशसभा  नियमावली अनुसार संसदीय समितिहरुमा गठन गरेको हो। बैठकले न्याय, प्रशासन तथा बिधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति र सार्वजनिक लेखा समिति गठन गरेको छ।
यस्तै, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति गठन गरेको छ। प्रदेश सरकारका मन्त्रीहरु र सभामुख तथा उपसभामुख बाहेक सबै सांसद संसदीय समितिमा छन्।

4,520 total views, 242 views today

तपाईको प्रतिक्रिया