तुलसी राम धमला  तेह्रथुम । अाठराईकाे थाेक्लुङमा  एक दिने पशु स्वास्थ्य संम्वन्धि शिविर बिहीबार   सम्पन्न भएकाे छ ।
शिविर ठुला तथा साना पशुहरुकाे अान्तरिक तथा बाह्य परजीवी नियन्त्रण गर्ने उदेश्यले सन्चालित गरिएकाे वडानः ७ थाेक्लुङ्गका पशु प्राविधिक प्रकाश भारतीले बताउनु भयाे ।
शिविरमा पशु स्वास्थ्य सम्वन्धि ९० जना कृषकहरुलाई सल्लाह परामर्श  तथा  अौषधि बितरण गरिएको छ  ।
शिविरमा जिल्ला पशु सेवा साख  कार्यालयका डाक्टर ईन्द्र नारायण साहा, पशु सेवा साखा  प्रमुख किसाेर खत्री, नायक पशु स्वास्थ्य प्रविधिक रन्जित कुमार झा लगायले सल्लाह परामर्श तथा अाैषधि वितरण गर्नु भएकाे छ ।
अाठराई गाउँपालिका अन्तरगत खाम्लालुङ, हवाकु , ईवा, छातेढुङ्गा, चुहानडाँडा र थाेक्लुङमा गरि करिब ४ हजारकाे हाराहारीमा पशु उपचार तथा अौषधि बितरण गरि सकिएकाे छ ।
वडान न १ सक्रान्तिमा भने साेहि स्थनमा पशु सेवा साखा कार्यालय  भएकाेले स्थानियले साेहि स्थानबाट पशु स्वास्थ्य सम्वन्धि सल्लाह तथा अाैषधि उपचार लिदै अाएका छन ।
शिविर अाठराई गाउँपालिका पशु सेवा साखा सक्रान्तिकाे अायाेजनामा सम्पन्न भएकाे हो  ।

1,467 total views, 96 views today

तपाईको प्रतिक्रिया