दिपेन्द्र यादव, इनरुवा । सुुुनसरी सदरमुकाम इनरुवामा पार्किङको समस्या देखिएको छ ।

सर्वसधारणलाई पार्कींगको समस्याका कारणले बजारमा तनाव समेत बढेको उनीहरुले दःख व्यक्त गरेका छन् । सामान्यतया स्थानीयलाई सहज पार्नु पर्नेमा इनरुवा नगरपालिकाले नौ पार्किंग अभियान ल्याएपछि थप स्थानियहरुलाई तनाव बढेको हो ।
पार्कींगको व्यवस्था नगरी अभियान चलाएकाले सामान्य कामका लागि आउनेहरुलाई मोटरसाईकल समेत पार्किंग गर्न समस्या भएको बताइएको छ । इनरुवा सुपर मार्केट क्षेत्रमा रहेका पसलहरुमा समान खरिद गर्न आउने सेवाग्रार्हीहरुलाई पार्किंगको समस्याले चिन्तित बनाएका बताइएको छ ।

सुनसरीको दक्षिणवर्ती क्षेत्र देवानगञ्ज, हरिनगर, भोक्राहा नरसिंह, कोशी र गढी गाउँपालिकाबाट आउने उपभोक्ताहरु सवारी साधन पार्किंग स्थल नहुदाँ नो पार्कींगको मारमा परेको छन् । सुनसरीको सदरमुकाम जस्तो बजारमा समान खरिद आउँदा पसल अगाडी पार्कीको सुविधा नभएको घुस्कीका सदाम हुसैनले प्रतिक्षण दैनिकलाई बताए ।
त्यस्तै यता नौ पार्कीग अभियान ल्याएपनि प्रभावकारी हुन नसकेको स्थानिय सुधिर मेहताले बताए

3,782 total views, 3 views today

तपाईको प्रतिक्रिया