मोरङ बेलबारीस्थित संयन्त्र सन्चार सहकारी (रेडियो बेतना) को चैत २९ गते बिहिवार हुने पाचौं साधारणसभामा बाम गठबन्धन र कांंग्रेस उम्मेद्वारबिच तीब्र चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

चुनावी कार्यक्रम अनुसार बिहिवार हुने निर्वाचनका लागि बुधबार उम्मेद्वारी दिने समय तोकिएकोमा दुवै पक्षले  छुट्टाछुट्टै प्यानल बनाएर उम्मेद्वारी दिएका हुन् । बुधबार उम्मेद्वारी दर्तापछि प्रकाशन गरिएको उम्मेदवारको प्रथम नामावली अनुसार अध्यक्ष पदका लागि बाम गठबन्धनबाट गोपालप्रसाद सुबेदी, कांग्रेसबाट भोजराज बस्नेत र स्वतन्त्रबाट लक्ष्मणजङ थापाले उम्मेद्वारी दिएका छन् ।

यसैगरी उपाध्यक्षमा अमरसिंह लिम्बु र सिताराम नेउपानेको उम्मेदवारी परेको छ । त्यस्तै सचिवका लागि लिला आचार्य र कुलप्रसाद वराल प्रतिस्पर्धामा छन् । कोषाध्यक्षमा थिर बहादुर श्रेष्ठ र घनश्याम श्रेष्ठले उम्मेद्वारी दिएका छन् ।

त्यसैगरी पाँच सदस्यका लागि १० जनाले उम्मेदवारी दिएका छन् । जसमा रसिन तामाङ, अम्बिका भण्डारी, धर्मप्रसाद कट्टेल, राजन प्रसाईं , हरिबहादुर बिक, सनम पोख्रेल, रामकाजी राई, रिता कोइराला, बिपिन आचार्य र राजेश खत्री छन् ।

त्यस्तै तीन सदस्यीय लेखा समितिको लागि राजु बस्नेत र मनकुमार गुरुङ संयोजक तथा केदारप्रसाइं, गंगा गुरुङ र होमनाथ दाहाल उम्मेद्वार बनेका छन् । दावी बिरोध र उम्मेद्वारी फिर्तापछि बुधबार सांझ अन्तिम नामावली प्रकाशन गर्ने र बिहिवार निर्वाचन हुने निर्वाचन समिति संयोजक मोहनकुमार खतिवडाले बताए ।

1,434 total views, 4 views today

तपाईको प्रतिक्रिया