दिपेन्द्र यादव, इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा कुशवाहाहरुको दोस्रो अधिवेशन शुरु भएको छ ।

सेवा नै धर्म हो भन्ने मुल नाराका साथ नेपाल कुशवाहा कल्याण समाजको भोक्राहानरसिंह सुनसरीको दोस्रो अधिवेशन शुरु भएको हो ।

अधिवेशनमा कुशवाहाको उत्पति २० औं शताब्दी तिर विष्णुको अवतार भगवान रामका सुपुत्र लव र कुशका शाखा सन्तानको रुपमा कुछिस, कुछवाहास, कोइरी र मुरौजले कुशवाहा बनाउँदै जुन शिव र शक्तिसंग सम्बन्ध स्थापित गराएको मान्यता रहेको जनाएको छ ।

सोही अधिवेशनमा कुशवाहाको पौराणिक उत्पति, यसको वर्गिकरण, कुशवाहा जातिको पहिचान, पछिडा जातको रुपमा वर्गिकरण लगायत समेटिएर ४ पृष्ठको अवधारणा पत्र जनता मावि बराहक्षेत्र नपा ११ मधुवनका शिक्षक मधुलाल मेहताले प्रस्तुत गरेका थिए ।

उक्त अधिवेशनमा गाउँपालिका क्षेत्र भित्र रहेका एक सय जना जेष्ठ नागरिकलाई दोसल्ला, प्रमाणपत्र र फुलमाला अविरले सम्मान गर्ने जनाइएको छ । त्यसैगरी यस गाउँपालिकाबाट निर्वाचत जनप्रतिनिधि कुशवाहा बन्धुहरु, केन्द्र समितिमा चयन भएका कुशवाहा पदाधिकारीहरु तथा पत्रकारिताको माध्यमबाट कुशवाहाको हकअधिकार स्थापित गराउने पत्रकारहरुलाई समेत सम्मान गरिने आयोजक समितिका अध्यक्ष नारायण प्रसाद मेहताले जानकारी दिनुभयो ।

कार्यक्रममा भोक्राहानरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव, उपाध्यक्ष पुनमदेवी मेहता, जनता मावि मधुवनका पूर्व प्रधानाध्यापक सत्यनारायण मेहता, कुशवाहा केन्द्र समाजका राजेन्द्र मेहता, जिल्ला अध्यक्ष श्रीलाल मेहता, साह समाजका इन्द्रनारायण साह, इनरुवा वडा नं. ४ का अध्यक्ष श्यामदेव मेहता लगायतले अधिवेशनको सफता सगै अब बन्ने नयाँ कार्य समितिको कार्यकाल सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशनको उदघाटन सत्रमा नेपाल कुशवाहा कल्याण समाजका राष्ट्रिय उपाध्यक्ष सन्तकुमार मेहताको प्रमुख आतिथ्यता रहेको थियो भने ५ सय बढी कुशवाहाहरुको उपस्थिती रहेको थियो ।

1,156 total views, 2 views today

तपाईको प्रतिक्रिया