केशु विरही, बेलबारी माेरङ/ जिल्ला समन्वय समिति माेरङका प्रमुख तथा जिल्ला स्तरीय खाने पानी, सरसफाई स्वच्छता समन्वय समिति माेरङका अध्यक्ष नरेश पाेखरेलले एक कार्यक्रमविच बेलबारी नगरपालिका २ नं वडालाई खुल्ला दिसामुक्त घाेषणा गरेका छन ।

बेलबारी नगरपालिबा वाडा नं २ काे कार्यालयमा अायाेजित कार्यक्रममा वार्डलाई खुल्ला दिसामुक्त घाेषणा गरिएकाे हाे ।

वाडाध्यक्ष घनश्याम गाैतमकाे अध्यक्षतामा संचालन भएकाे उक्त कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, कविर मा.वीका प्रधानाध्यापक दुर्गा गाैतम, सिंहदेवी अाधारभूत विद्यालयका प्र.अ. हरिबहादुर कार्की, मातृभूमि महिला समाजका अध्यक्ष शान्ता दाहाल, युएन हेविटेडका जिल्ला संयाेजक लिलाराज लिम्बू, लगायत महानुभावहरुकाे सहभागिता रहेकाे थियाे ।

वार्डलाई खुल्ला दिशा मुक्त क्षेत्र घाेषणा कार्यक्रमलाई संवाेधन गर्दै प्रमुख अतिथि नरेश पाेखरेलले सरसफाई भनेकाे मानवजीवनकाे प्रतिष्ठासँग जाेडिएकाे हुनाले यसवारेमा सबैले सचेत हुनु पर्ने वताए ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले चाँडै पुरै नगरलाई दिसामुक्त क्षत्रकाे रुपमा घाेषणा गर्नेगरी नगरालिका अागाडि वढेकाे वताए । उनले दिशा मुक्त घाेषणा गरेर मात्र नहुने त्यसपछि पनि निरन्तर नपगारानी गर्नु पर्नेमा जाेड दिए ।

उक्त खुल्ला दिशा मुक्त क्षेत्र घाेषणा कार्यक्रमकाे युएन हेभिट्याट, मतृभूमि महिला समाज, माेरङ र सामूहिक उत्थान, नेपाल नामक संस्थाहरुले सहजिकरण गरेका थिए ।

साथै उक्त अवसरमा ८५ वर्षभन्दा माथिका ३४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएकाे थियाे ।

वडा कार्यालयमा यति महाेत्वपूर्ण कार्यक्रम चलिरहदा स्थानीय वासीहरुकाे उपस्थिति भने न्यून थियाे ।

1,783 total views, 2 views today

तपाईको प्रतिक्रिया