मितिः२०७४।१२।२६

श्रीमान माननिय मन्त्री ज्यु ।।
सामाजिक बिकास मन्त्रालय विराटनगर, मोरङ
प्रदेश न. १

विषयः–व्यावसायिक अनियमितता एवं जनस्वास्थ्य माथिको खेलवाड रोकि पाउँ भन्ने सम्बन्धमा।

महोदय, उपरोक्त सम्बन्धमा, यस जनस्वास्थ्य कार्यालय अन्तर्गतको लेटाङ, झोराहाट, हरैचा र चतरा प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे मेसिन जडान गरिसकिएको तर सो सेवा संचालनका लागि व्यावसायिक र कानुनी रुपमा दक्ष जनशक्तिको व्यवस्था नगरी रेडियोग्राफी (एक्स–रे) व्यवसायसंग असम्बन्धित व्यक्तिलाई एक महिनाको तालिम दिई सेवा संचालन गर्न खोजिएको प्रति हामी सबैको गम्भीर ध्यानाकर्षण भएको छ।

रेडियोग्राफी सेवा संचालन गर्ने व्यक्ती रेडियोग्राफि विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह उत्तिर्णभै नेपाल स्वास्थ्य व्यवसायी परिषदबाट रेडियोग्राफी विषयको अनुमतिपत्र प्राप्त रेडियोग्राफर हुनुपर्ने अनिवार्य व्यवस्था विपरीत उक्त प्राथमिक स्वास्थ्य केन्द्रले रेडियोग्राफी सम्बन्धि कुनै योग्यता नभएका व्यक्तिलाई कोसी अञ्चल अस्पतालमा एक महिनाको तालिममा पठाई रेडियोग्राफी पेशा व्यवसाय, नेपाल स्वास्थ्य व्यवसायी परिषद र सेवाग्राही जनताको सुरक्षीत र गुणस्तरिय सेवा पाउनुपर्ने अधिकारको उपहास गरिएको प्रती हामी सम्पुर्ण रेडियोग्राफी स्वास्थ्यकर्मीहरु गम्भीर आपत्ति प्रकट गर्दछौं।

देश भरी दक्ष र कानुनी रुपमा योग्य रेडियोग्राफरहरु वेरोजगार हुँदा हुदै असम्बन्धित व्यक्तिबाट एक्स–रे गराईन खोजिनु ,असम्बन्धित व्यक्तिलाई तालिम वा अरु कुनै पनि बहानामा रेडियोग्राफी सेवा प्रवाहमा प्रत्यक्ष सहभागी गराईनु रेडियोग्राफि व्यवसायको उपहास मात्र होइन नेपाल स्वास्थ्य व्यवसायी परिषद ऐन, नियमावली र आचारसंहिताको उल्लंघन र जनस्वास्थ्य एवं सेवाग्राही (उपभोक्ता) को सुरक्षा र अधिकारमाथि गरिएको गम्भीर खेलवाड एवं अनियमितता समेत हो। तसर्थ, यस्ता गैरकानुनी कार्य यथाशीघ्र रोक्न रोकाउन लगाई दक्ष रेडियोग्राफरबाट मात्र रेडियोग्राफी सेवा संचालन गराउन मताहतका स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिनुहुन विनम्र अनुरोध गर्दछौं ।
निवेदक
सम्पुर्ण रेडियोग्राफरहरु….

बोधार्थः
१.जिल्ला जनस्वास्थ्य कार्यालय, विराटनगर, मोरङ
२.अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यलय ईटहरी सुनसरी

2,848 total views, 4 views today

तपाईको प्रतिक्रिया