मोरङको केराबारी ९ देवीझोडामा आयोजित १ नम्बर प्रदेश स्तरीय खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिताको उपाधी मण्टेस ओभरसिजले हात पारेको छ ।

समापनको औपचारिक कार्यक्रमपछि सोमबार अपरान्ह भएको खेलमा पाँचमध्ये पहिलो खेल मण्टेस ओभरसिजले जितेको थियोे । यसैगरी दोस्रो र तेस्रो खेलमा पनि मण्टेसले नै जितेर सोझो सेटमा उपाधी कब्जा गरेको थियो ।

फाइनल खेल हेर्न दर्शकहरूको भरिभराउ थियोे भने दुवैको पक्षको समर्थनमा लगाइएको हुटिङ्ले खेल स्थल गुन्जायमान भएको थियो । त्यस्तै बेला बेला दुवै पक्षबिच विवाद समेत सृजना भएको थियो ।

प्रतियोगितामा प्रथम हुने मण्टेस ओभरसिजले कप, शिल्ड र प्रमाणपत्र सहित नगद सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ, दोश्रो हुने शसस्त्र प्रहरी बल (एपीएफ) ले कप, शिल्ड र प्रमाणपत्र सहित ६५ हजार ५ सय ५५ र तेस्रो र चौथोलाइ सान्त्वना स्वरुप १५/१५ हजार नगद पाएको छ ।

प्रतियोगितामा बराह बाहिनी पकली, प्रदेश प्रहरी रानी, खोटाङ भलिबल क्लब, बिर्तामोड क्लब, मन्टेस ओभरसिज, झापा, तथा उर्लाबारी र रामधुनी गरी १२ टीमले प्रतिस्पर्धा गरेका थिए । खेलको अबधिभर राष्ट्रिय रेफ्रीहरु अञ्चल धिमाल र हेमराज बुढाथोकीले रेफ्रीको भुमिका निभाएका थिए । प्रतियोगितामा करिब ६ लाख खर्च भएको बताइएको छ ।

खेलको समापन समारोहमा प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फे प्रमुख अतिथी थिइन् भने मोरङ ३ ख बाट निर्वाचित सभाषद राजकुमार ओझा बिशेष अतिथी थिए । त्यस्तै शसस्त्र प्रहरी मुख्यालय पकलीका निमित्त बाहिनीपति बेचन यादव, काङ्ग्रेस नेता महेन्द्र सुबेदी लगायत अतिथि थिए ।

504 total views, 19 views today

तपाईको प्रतिक्रिया