तुलसीराम धमला, तेह्रथुम / अाधुनिक डिजाइन सगैँ रेडिमेट कपडाले बजार खच्किएकाे बेला पछिल्लो समय खाडी कपडाकाे माग बढेको छ ।
बुढापाका मात्र हैन युवा पुस्तामा समेत यस्काे माग बढ्न थालेपछि लाेपहुदै गएकाे खाडी कपडा अाम्दानीकाे स्रोत बन्दै गएकाे छ ।
तेह्रथुमको अाठराई क्षेत्रका केही महिलाहरुले खाडी कपडा बेचेर मासिक २० देखि २५ हजार सम्म अाम्दानि गर्न थालेका छन ।
कपडा बेचेर कमाई गर्न थालेपछि घर ब्यवहार संञ्चालनमा समेत सहज भएको अाठराई गाउँपालिका साबिक थाेक्लुङ ८ बस्ने सिर्जना तामाङले बताउनु भयाे ।
कपडा नबन्दासम्म घर ब्याबहार सञ्चालनमा समेत हम्मे हम्मे पर्थाे तामाङले भन्नु भयाे , अहिले घर खर्च देखि दुई चार पैसा चलाउन खांचो छैन ।
यहाँ उत्पादित हातले बनेकाे खाडी कपडा बलियाे र गुणस्तरीय भएकोले विभिन्न ठाउँबाट माग अाउने गरेकाे स्थानीयकाे भनाई छ ।
कपासकाे रुवाबाट विभिन्न काठका अाैजारले धागो तयार गरि उक्त धागोलाई तान लगाएर कपडा बुन्ने गरिन्छ । एक जाेर दौरा सुरुवालकाे कपडा ३५ सय देखि ४ हजार सम्मा घरमै बिक्री हुन्छ ।
केही अाठराईकाे सक्रान्ति बजार तथा पाँचथरकाे फिदिममा समेत लगेर बेच्ने गरेकाे साेहि वडा बस्ने लालमायाँ तमाङले बताउनु भयाे ।
अहिले यहाँका महिलाहरुलाई घरमा खाडी कपडा बुन्दै गरेकाे देख्न सकिन्छ ।
केही महिना अघि विभिन्न गौर सरकारि सस्थाले बेरोजगार युवायुवतीलाई मध्यनजर गरि सीप हस्तान्तरण गर्ने उदेश्यले खाडी कपडा बुन्ने तालिम समेत प्रदान गरेकाे थियाे ।
यस अघि यहाँ तामाङ जातिका महिलाहरुले मात्र कपडा बुन्ने गरेका थिए तर तालिम पछि अन्य जातिका महिला समेत संगठित भएर खाडी बन्दै , खाडी समुह गठन गरि अार्थिक काराेबार सञ्चालनका लागि मासिक बचत समेत गर्न थालेका छन ।

3,266 total views, 4 views today

तपाईको प्रतिक्रिया