धनकुटा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख ९ गते हजारौँ जनसमुदाय बीचमा एमाले र माओवादी केन्द्रले पार्टी एकताको घोषणा गर्न लागि परेको बताएका छन् ।
धनकुटाको पाख्रिबासमा मंगलबार कृषि तथा वन विज्ञान विश्वविद्याल अन्तरगत कृषि संकायको प्राकृतिक स्रोत व्यवस्थापन कलेज कक्षा उद्धाटन तथा भवन शिलान्यास गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि गठित दुई वटा समितीले प्रतिवेदन बुझाई सकेकाले अब चाँडै पार्टी एकताको घोषणा गर्ने तयारीमा रहेको बताएका हुन।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले विकास, स्थायित्व, समृद्धि, सुशासनमा देशलाई लान नयाँ युगतिर लागेको बताउँदै यसलाई पुरा गर्न कम्युनिष्ट एक हुनुपर्छ भनेर २०१९ सालबाट छियाछिया भएको कम्युनिष्ट एक गर्ने तिर लागेको बताए। प्रचण्डले भने– ‘अन्तरिम राजनीतिक प्रतिवेदन लेखन समिति र विधान तथा संगठन निर्माण समितिको प्रतिवेदनका आधारमा छलफल गरेर एमाले र माओवादी भित्र रहेका हालका संगठन भंग गर्ने तयारीमा हामी छौं।’ स्थानीय, प्रदेश र केन्द्र सरकार वामपन्थीको रहेको र प्रदेश २ मा पनि अन्त्यमा बामपन्थी सरकार आइपुग्ने प्रचण्डले ठोकुवा गरे।
एक अर्को प्रशगंमा बोल्दै प्रचण्डले भवन नबन्दासम्म कृषि अनुसन्धान केन्द्र पाख्रिबासको भवन प्रयोग गर्न विचार गर्न अनुसन्धान केन्द्रलाई आग्रह गरे र केन्द्र सरकारसँग त्याेे  विषयमा पहल गर्ने बताए। ‘नेपाली इतिहासको महत्वपुर्ण मोडबाट अगाडि बढ्दै छौ’ उनले भने ‘अप्ठ्यारो अवस्थामा एकता र सहमतीको प्रदर्शन गरेर मुलुकमा नयाँ संविधान आएको अब सुजबुझ र एकताका साथ संविधान कार्यान्वयन गरेर अघि बढेको छौ।’
नेपालको शिक्षा हालसम्म बेरोजगार उत्पादन गर्ने जस्तो बनेको र शिक्षा लिएर अपमान भोग्नुपर्ने अवस्थाको अन्त्य चाहेकोले बाम घोषणा पत्रमा अबको शिक्षा प्राविधिक शिक्षा राखेर सोही बमोजिम कामको तयारीमा बाम सरकार रहेको प्रचण्डको भनाई थियो।
उनले प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग खनिज उत्खननको विषयमा छलफल गरेको पनि जानकारी दिए।

3,778 total views, 2 views today

तपाईको प्रतिक्रिया