अम्बिका भण्डारी / मोरङ्को सबैभन्दा ठुलो स्थानीय तह केराबारी गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएयता यस आर्थिक बर्षमा बिकास निर्माण लगायत विभिन्न क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ ।

गाउँपालिकाको लगानी र पहलमा साबिक पाटी गाबिस अर्थात केराबारी ५ पाटीगाउंमा पहिलोपटक तराईबाट जाने सडक पुगेको छ । गाउँपालिकाले बर्षौदेखि हुन नसकेको काम गरेर देखाएको भन्दै गाउपालिका प्रमुख रोहित कार्कीले यसपाली पाटीगाउं पहिलोपटक सडकले तराईसंग जोडिएको बताउनु भयो ।

केराबारी बजारभन्दा पारी दाहाल चोकबाट  मुगुतिर  सडक भएपनि त्यसदेखि  उत्तर सिंदुरे, लामिटार, खोलाघारी, समला र तिकिदुम हुँदै पाटीसम्मको २७ किलोमीटर सडकको ट्र्याक यसबर्ष खुलिसकेको र हिउँदमा गाडीहरू जान सक्ने भएको कार्कीले बताउनु भयो । सो सडक निर्माणका लागि गाउँपालिकाले २५ लाख रुपैयाँ बिनियोजन गरेको थियोे । पाटीगाउंमा यसअघी धनकुटाको भेडेटार सडकबाट मात्र सवारी पुग्न सक्थे ।

पिच हुनेभो लालभित्तिदेखि देवीझोडा सिरानसम्म  

मोरङको बेलबारी २  लालभित्ती चोकदेखि केराबारी हुँदै पहाडसम्म पुग्ने केराबारीको दक्षिणी भाग लालभित्ति- देवीझोडा खण्डको साढे ५ किलोमीटर सडक यसैबर्ष पिच हुने भएको छ ।

लालभित्ति सिरानमा रहेको केराबारीको सिमानादेखि देवीझोडा सिरानसम्मको सडक यसै बर्ष पिच हुने भएको हो ।

साढे ५ किलोमीटर लामो सो सडक पिच गर्नका लागि गाउँपालिकाले यसै बर्षको बजेटमा पाँच करोड रुपैयाँ बिनियोजन गरेको र चांडै टेण्डर गरी ठेक्का लगाएर काम शुरु गर्ने तयारी भइरहेको गाउँपालिकाका प्रसासकीय अधिकृत डम्बरुबल्लब बरालले बताउनुभयो ।

त्यसैगरी गाउँपालिकाको बजेटबाट नै केराबारी बजारदेखि पुर्वको शुक्रबारे चोकसम्म साढे तीन सय मीटर सडकको पिच गर्ने काम भइरहेको छ । गत असोज ८ गते भएको केराबारीको गाउँपरिषदले पुर्वाधार बिकासका लागि १५ करोड ५३ लाख २५ हजार रुपैयाँ बिनियोजन गरेको थियोे ।

त्यसो त गत बर्षदेखि नै केराबारीदेखि सिंहदेवी जाने सडकमा भोगटेनीसम्म दुइतिर नाली बनाउने काम पनि भइरहेकोे छ  ।

4,279 total views, 2 views today

तपाईको प्रतिक्रिया