विराटनगर/ चतरा धामका धर्मगुरु सन्त  श्रीनिवास आचार्यमामाथि गोली प्रहार भएको छ ।
शनिबारदेखि विराटनगर–१४, जतुवास्थित श्रीरामजानकी मन्दिरमा हुने श्रीमदभागवत पुराणमा सहभागी हुन शनिवार चतराबाट विराटनगर आउनुभएका श्रीनिवास आचार्यमाथि गएराति गोली प्रहार भएको हो ।

उहाँमाथि मन्दिर परिसरमै राती पौने २ बजे गोली प्रहार भएको स्थानीय वताए । उहाँको दाहिने कुममा गोली लागेको छ । गोलीबाट गम्भीर घाइते हुनुभएका आचार्यको विराटनगरकै न्यूरो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनस्थलबाट चेतावनीयुक्त पर्चा र गोलीका दुइवटा खोकासमेत भेट्टाएको छ । गोली चलाउने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

हिन्दुराज्य स्थापनार्थ अभियान चलाउदै आउनुभएका श्रीनिवासलाई फोनबाट यसअघि पनि पटकपटक गोली प्रहारको धम्की आउने गरेको थियो ।

4,005 total views, 2 views today

तपाईको प्रतिक्रिया