पुर्ब ज्याेति क्लबकाे अायाेजनामा देवीझोडामा भइरहेको प्रदेस स्तरीय भलिबल प्रतियोगितामा शसस्त्र प्रहरी पकली र मण्टेस ओभरसिज झापा फाइनल पुगेका छन् ।
मोरङ केराबारी ९ को देवीझोडामा भइरहेको १ नम्बर प्रदेशस्तरीय भलिबल प्रतियोगितामा अायोजक पुर्वज्योती क्लबलाई पराजित गर्दै शशस्त्र प्रहरी बल पकली र डागीहाट युवा क्लबलाई पराजित गर्दै मण्टेस ओभरसिज झापा फाइनलमा पुगेका हुन् । सेमीफाइनलको आइतबार भएका दुवै प्रतियोगितामा सुनसरी र झापाका दुई टोली चैत २६ गते सोमबार अर्थात भोलि फाइनलमा भिड्नेछन् ।
प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख १ हजार १ सय ११, दोश्रो हुनेलाइ ६५ हजार ५ सय ५५ र तेस्रो र चौथोलाइ सान्त्वना स्वरुप १५/१५ हजार नगद सहित सिल्ड , मेडल र प्रमाणपत्र दिइने आयोजक पुर्वज्योती क्लबका अध्यक्ष गोबिन्द बस्नेतले जानकारी दिएका छन् । प्रतियोगितामा करिब ६ लाख खर्च अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा बराह बाहिनी पकली, प्रदेश प्रहरी रानी, खोटाङ भलिबल क्लब, बिर्तामोड क्लब, मन्टेस ओभरसिज, झापा, तथा उर्लाबारी र रामधुनी गरी १२ टीमले प्रतिस्पर्धा गरेका थिए ।
750 total views, 15 views today