बेलबारी, मोरङ । गत फागुन १६ देखि २५ गतेसम्म मोरङ बेलबारीमा  लगाइएको बेलबारी शिक्षा तथा स्वास्थ्य महोत्सवबाट १७ लाख रुपैयाँ  आम्दानी भएको छ ।

महोत्सव आयोजक संस्था युवा जागरण अभियान नेपालका अध्यक्ष सुजित राइका अनुसार महोत्सवको कुल आयमा सबै खर्च कटाएर करिब  १७ लाख रुपैयाँ आम्दानी भएको हो । महोत्सवको कुल आम्दानी र खर्च तथा नाफाको सबै बिवरण चाडै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने अध्यक्ष  बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार संस्थाको  शनिबार बसेको बैठकले महोत्सवबाट प्राप्त १७ लाख आम्दानी माध्ये गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने उद्देश्यले १५ लाख रुपैयाँको अक्षयकोष बनाउने निर्णय गरेको छ । बांकी दुई लाख रुपैयाँ संस्थाको कार्यालय संचालन तथा ब्यबस्थापनका लागि राखिने युवा जागरण अभियान नेपालले जनाएको छ  ।

अन्य महोत्सवहरुमा अरुलाइ ठेक्का दिने चलन भएपनि यसपाली आयोजक आफैले महोत्सव ब्यबस्थापन तथा संचालन गरेको थियोे । महोत्सवमा नेपालकै चर्चित गायकगायिका तथा चर्चित कलाकारहरु विल्सन बिक्रम राइ (तक्मे बुढा) देखि गायक गायिकाहरु कालीप्रसाद बास्कोटा , शिव परियार, जुना प्रसाइ, डिजे गोर्खा, प्रयत्न श्रेष्ठ, मेलिना राई, मिना निरौला, तृसना गुरुङ तथा सबिन गुरुङ , उत्ताउली गायिका भनेर परिचित ज्योती मगर र सरस्वती लामा पनि आएका थिए । उल्लेख्य मानिसहरुको सहभागिताका कारण महोत्सव अपेक्षा गरे अनुसार नै सफल भएको थियोे ।

महोत्सवबाट प्राप्त आम्दानीको १५ लाख रुपैयाँ अक्षयकोषको ब्याजबाट बर्षेनी बिपन्न तथा  जेहेन्दार विद्यार्थीलागि छात्रवृत्ति दिई संस्थाले समाजसेवा र समाज बिकासका लागि नयाँ नजिर स्थापित गर्ने प्रयास गरेको बस्नेतले बताए  । – अम्बिका भण्डारी

3,885 total views, 2 views today

तपाईको प्रतिक्रिया