केशु विरही, बेलबारी/ अब वन्ने शिक्षा नीतिमा अपाङ्गता भएका मानिसहरुकाे पहुचहुनेखाले पाठ्यक्रम तयार गर्नुपर्ने कुरामा जाेड दिदै  बेलबारीमा एकदिने “दृष्टिविहिन मैत्री शिक्षा प्रणालीकाे विकासका लागि” विषयक अन्तरक्रिया कार्यक्रम संचालन गरिएकाे छ ।

नेत्रहिन युवासंघ नेपालद्वारा अायाेजित “समावेसी लाेकतन्त्रकाे सार्थकता हरेक क्षेत्रमा दृष्टिविहिनहरुकाे सहभागिता” नारा लिएकाे उक्त अन्तरक्रियम कार्यक्रम माेरङ नेत्रहिन संघ, बेलबारीकाे सभाहलमा संचालन भएकाे थियाे ।

नेत्रहिन युवासंघ नेपालका अध्यक्ष कलादर भण्डारीकाे अध्यक्षता रहेकाे उक्त कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र समावेसी शाखाकी उपनिर्देशक सरला पाैड्याल, विराटनगरपालिकाकी उप-प्रमुख इन्दिरा कार्की, बेलबारी नगरपालिकाकी उप-प्रमुख ढाका पराजुली र सुन्दर हरैचाकी उप-प्रमुख धनमाया तामाङकाे विशेष अाथित्यथा रहेकाे थियाे भने उक्तकार्यक्रममा उत्तरी माेरङ्का बेलबारी, सुन्दरहरैचा, लेटाङ, केरावारी, पथरी लगायतका विभिन्न स्थानीय पालिकाहरुका शिक्षा विभाग प्रमुखहरुकाे सहभागिता रहेकाे थियाे ।

अायाेजक संस्थाका अध्यक्ष कलादर भण्डारीले अन्तरक्रियामा वाेल्दै स्थानीय निकायल वनाउँने अवकाे शिक्षा नीति, नियमावली र कार्यविधि अादिमा अपाङ्गता भएका व्यक्तिहरुकाे शिक्षामा सरल पहुचलाई ज्ञारेण्टी गर्नु पर्ने र उनीहरुलाई सहयाेग पुग्नेखाले पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्नु पर्ने वताए ।

पाठ्यक्रम विकास केन्द्र समावेसी शाखा प्रमुख एवम् उपनिर्देशक सरला पाैड्यालले पाठ्यक्रम विकास केन्द्रले अपाङ्गता भएका महानुभावहरुकाे मनाेभाव र पिडालाई राम्री वुझेकाे र साेहि अनुसारकाे पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्ने कार्य भैरहेकाे वताइन् ।

बेलबारी नगरपालिकाकी उप-मेयर ढाका पराजुलीले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि अन्य मानिसका सरह जीवन जीउनसक्ने वातावरण वाउने जिम्मा स्थानीयपालिकाकाे भएकाे र बेलबारी नगरपालिका त्यसवारेमा सचेत भएकाे वताईन।

बिराटनगर तथा सुन्दरहरैचा नगरपालिका उप-प्रमुख द्वय इन्दिरा कार्की र धनमाया तामाङले अाफूहरु अपाङ्गहरुकाे अधिकारका वारेमा सचेत भएकाले उनीहरुलाई सहयाेग गर्न आाफूहरु सधैँ तयार रहेकाे वताए ।

त्यहाँ वाेल्ने प्रायजसाे सबै वक्ताले स्थानीय तहले अपङ्गतामैत्री शिक्षा नीति नियम वनाउनु पर्नेमा जाेड दिएका थिए ।

माेरङ नेत्रहिन संघकी अध्यक्ष शावित्रा पाेख्रेलले अन्तरक्रिया कार्यक्रममा उपस्थित भएकाेमा सबैलाई धन्यवाद दिएकी थिइन ।

3,379 total views, 2 views today

तपाईको प्रतिक्रिया