बिराटनगर  । अरुलाई झुठो मुद्दा लगाउन र गैरकानुनी थुनामा राख्न हुदैन भन्दै प्रतिरक्षा गर्नुपर्ने संबैधानिक निकायले झुठो मुद्दा लगाएर मर्यादा बिपरित कार्य गरेको  अधिकारकर्मीले आरोप लगाएका छन ।

पुर्वाञ्चल मानव अधिकार रक्षक संञ्जालका सल्लाहकार तथा राष्ट्रिय मानव अधिकार आयोगका पुर्व अधिकृत कोषराज न्यौपाने र मानव अधिकार रक्षक भुवन नाथले आफुहरुलाई आयोगले साईबर क्राइममा झुठा मुद्दा लगाएर मर्यादा बिपरित कार्य गरेको आरोप लगाएका हुन ।
उनिहरुका अनुसार असक्षमता, आयोग भित्रको भ्रष्टाचार र आर्थिक नोक्सानी, अनियमीतता, समाज विभाजन गर्ने तथा सामाजिक सद्भाव खलबल्याउन आयोगका केही पदाधिकारीबाट भएका कार्यहरु र आयोगभित्रै भएका विभेद, अन्याय र विकृतिका विरुद्ध समाजिक संञ्जाल मार्फत तथ्य प्रमाण सहित आवाज उठाउँदा आयोगले साइबर क्राइम अन्र्तगत झुठा मुद्दा लगाएको हो ।
आयोग केन्द्रिय कार्यालयले महानगरिय प्रहरी अपराध महाशाखा मार्फत कोषराज न्यौपाने र अभियानकर्मी भुवन नाथ बिरद्ध सचिव बेदप्रसाद भट्टराईलाई जाहेरबाला बनाएर साइबर क्राइम आरोपमा झुठा मुद्दा दर्ता गराउन लगाएको हो । न्यौपाने र नाथले भने ,— हाम्रो न्यायको आवाजलाई दवाउन आयोगले निरन्तर प्रेसर गरेर प्रहरीलाई साइबर क्राइममा मुद्दा दर्ता गराउन लगाएको हो यो आयोगको उद्देश्य बिपरितको कार्य हो ।

आयोगका सचिव बेदप्रसाद भट्टराईले आयोग र पदाधिकारीबारे सोसल मिडियामा चरित्र हत्या गर्ने गरि सामग्री प्रकाशन गरेकोले न्यौपाने र नाथ बिरुद्ध साइबर क्राइम दर्ता गराउनु परेको बताए । भने , ‘एक हप्ता अघि मुद्दा दर्ता गराएका हौ प्रहरीले अनुसन्धान गर्दै होला ।,
आयोगका अध्यक्ष अनूपराज शर्मा, सदस्य मोहना अन्सारी, सचिव वेद भट्टराई समेतले म विरुद्ध झुठा आरोप लगाई मेरो मर्यादामाथि अतिक्रमण गर्ने काम भएको र बिरोधमा आवाज उठाउँदा प्रहार भएकोले आयोगबाट राजिनामा दिन बाध्य भएका थिए । त्यसपछि न्यौपानेले निरन्तर आयोग र तीनका पदाधिकारीहरुबारे निरन्तर समाजिक संजालमा भण्डाफोर गर्दै आएका थिए । उनलाई अधिकारकर्मीहरु भुवन नाथ लगायत पनि साथ दिँदै आएका थिए ।
सामाजिक संजालमा आयोग र पदाधिकारीहरुबारे जथाभावी लेखेर चरित्र हत्या गरेकोले साइबर क्राइम अन्र्तगत कार्बाही माग गर्दै तीन दिन पहिले आयोगका सचिव जाहेरबाला बनेर महानगरिय अपराध महाशाखामा साइबर क्राइममा उजुरी दर्ता गराएको छन ।
न्यौपाने र नाथले चाँही अधिकारकमीहरुले शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने र कानूनी दायरामा रही विचार संप्रेषण गर्ने मौलिक हकको उपभोग गरी राष्ट्रिय÷अन्तर्राष्ट्रिय समुदायलाई यथार्थ तथ्यहरु जानकारी गराएको तर साइबर क्राइम हुनेगरि कुनै अपराध नगरेकोले झुठो मुद्दा फिर्ता लिन आयोगलाई आग्रह गरेका छन । विचार र अभिव्यक्तिको स्वतन्त्रताको रक्षा गर्नुपर्ने, स्वेच्छाचारी पक्राउ तथा थुनामा राख्ने कार्य विरुद्ध काम गर्नुपर्ने मानव अधिकार आयोगका पदाधिकारीले शान्तिपूर्ण रुपमा विचार र अभिव्यक्तिको स्वतन्त्रताको उपभोग गरिरहेका रक्षकहरुलाई नै झुठो मुद्दा लगाउनु मानव अधिकार सिद्धान्त, कानून र पदीय आचरणको घोर उल्लंघन भएको बताएका छन । गरेका छन् । न्यौपाने र नाथ भन्छन , — लोकतान्त्रिक अधिकारको रक्षक बन्नुपर्ने आयोग भक्षक भएको छ सबै एक हुनुपर्ने बेला आएको छ । ‘ (गणेेश लम्साल नयाँ पत्रिका)

3,909 total views, 2 views today

तपाईको प्रतिक्रिया