पुर्ब ज्याेति क्लबकाे अायाेजनामा मोरङ केराबारी ९ को देवीझोडामा भइरहेको १ नम्बर प्रदेशस्तरीय भलिबल    प्रतियोगितामा अायोजक पुर्वज्योती क्लब र शशस्त्र प्रहरी पकली  तथा डागीहाट युवा क्लब र मण्टेस ओभरसिज झापा सेेेमी फाइनलमा पुगेका छन् ।

शनिबार चौथो दिनको एउटा  खेलमा सशस्त्र प्रहरीको बराह बाहिनीले बिर्तामोडलाइ पराजित गर्दै सेमिफाइनल पक्का गरेको छ  भने अर्को खेलमा मण्टेस ओभरसिज झापाले  १ नम्बर प्रदेश प्रहरी रानीलाई पराजित गर्दै  सेमिफाइनलमा पुगेको छ । शनिबार केराबारी गाउँपालिका ८ का वडाध्यक्ष मनोज खड्काको प्रमुख आतिथ्यतामा प्रतियोगिता खेलाइएको थियोे ।

प्रतियोगिताको तेस्रो दिन शुक्रबारको क्वाटर फाइनल  खेलमा आयोजक पुर्वज्योति क्लब तथा डांगीहाट क्लबले खेल जित्दै सेेेमिफाइनल यात्रा तय गरेेेका थिए ।

शुक्रबार र शनिबारको खेलबाट बिजयी भइ सेमिफाइनलमा पुगेका चार टिमको सेमिफाइनल खे्ल आइतबार हुनेछ । आइतबार बिजयी हुने दुई टीम २६ गते सोमबार फाइनलमा उपाधिका लागि भिड्नेछन् ।

प्रतियोगितामा बराह बाहिनी पकली, प्रदेश प्रहरी रानी, खोटाङ भलिबल क्लब, बिर्तामोड क्लब, मन्टेस ओभरसिज, झापा, तथा उर्लाबारी र रामधुनी गरी १२ टीमले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख १ हजार १ सय ११, दोश्रो हुनेलाइ ६५ हजार ५ सय ५५ र तेस्रो र चौथोलाइ सान्त्वना स्वरुप १५/१५ हजार नगद सहित सिल्ड , मेडल र प्रमाणपत्र दिइने आयोजक पुर्वज्योती क्लबका अध्यक्ष गोबिन्द बस्नेतले जानकारी दिएका छन् । प्रतियोगितामा करिब ६ लाख खर्च अनुमान गरिएको आयोजकले जनाएको छ ।

पढ्न नछुटाउनोस ..

देवीझोडामा शुरु भो १ नम्बर प्रदेश स्तरीय भलिबल प्रतियोगिता

3,209 total views, 16 views today

तपाईको प्रतिक्रिया