गुरुङहरुको  संस्था  ल्हेंगे तमु बंशोत्थान प्रतिष्ठान केन्द्रिय समितिको तेस्रो बार्षिकोत्सव भब्य रूपमा मनाइएको छ ।

शुक्रबार बेलबारीस्थित तमु बौद्ध गुम्बामा भएको कार्यक्रममा पुर्वी नेपालको विभिन्न जिल्ला तथा भुटानबाट आएका गुरुङ प्रतिनिधिहरु सहभागी थिए । कार्यक्रममा गुरुङ समुदायको बंश उत्थान लगायत विभिन्न क्षेत्रमा योगदान गर्ने ६ जनालाई सम्मानित गरिएको छ । सम्मानित हुनेहरूमा उमादेवी ल्हेंगेस्यो, पदमा ल्हेंगेस्यो, प्रतिनिधि सभाकी सभाषद तथा प्रमुख अतिथि पदम कुमारी ल्हेंगेस्यो, कार्यक्रमका सभापति तथा  ल्हेगे तमु (गुरुङ) बंशोत्थान प्रतिष्ठानका केन्द्रिय अध्यक्ष र तमु ह्युल छोजधीको प्रदेश १ अध्यक्ष कृष्णराज गुरुङ र अग्नीप्रसाद ल्हेंगे छन् ।

कार्यक्रममा  केन्द्रिय सभाषद पदम कुमारी ल्हेंगेस्यो प्रमुख अतिथी र तमु ह्युल छोजधीका केन्द्रिय सदस्य भरत गुरुङ विशिष्ट अतिथी थिए । कार्यक्रममा विभिन्न ब्यक्तिहरुले बार्षिकोत्सबको शुभकामना तथा मन्तव्य दिएका थिए ।

बार्षिकोत्सवको  अबसरमा गुरुङ बंशको नाताका चेलीबेटी र माइती पक्षबिच भेटघाट तथा खानपिन समेत गरिएको ल्हेगे तमु (गुरुङ) बंशोत्थान प्रतिष्ठानका केन्द्रिय सदस्य कृष्ण गुरुङले जानकारी दिनुभयो ।

3,387 total views, 2 views today

तपाईको प्रतिक्रिया