पुर्ब ज्याेति क्लबकाे अायाेजनामा मोरङ केराबारी ९ को देवीझोडामा जारी १ न प्रदेश स्तरिय भलिबल प्रतियोगिता अन्तरगत बिहिवारको खेलमा सशस्त्र प्रहरीको बराह बाहिनी र १ नम्बर प्रदेश प्रहरी रानीले जित हासिल गरेका छन् ।

प्रतियोगिताको दोस्रो दिनको एउटा खेलमा बराह बाहिनी र खोटाङ युवा क्लब भिडेका थिए । जसमा बराह बाहिनीले सोझो सेटमा ३-१ को नतिजा निकालेको थियोे । सो खेलमा खोटाङ युवा क्लबका खेमराज दाहाल म्यान अफ द म्याच घोषित भए ।

अर्को खेलमा पनि उदयपुर  युवा क्लबलाई ३-० को सोझो सेटमा हराउँदै १ नम्बर प्रदेश प्रहरी रानी बिजयी भएको थियो । सो खेेलमा उदयपुरका लाल बहादुर मगर म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताको तेस्रो दिन शुक्रबार बिर्तामोड युवा क्लब र रामधुनी युवा क्लब तथा मण्टेस ओभरसिज झापा र उर्लाबारी क्लबबिच खेल हुनेछ ।

1,340 total views, 2 views today

तपाईको प्रतिक्रिया