मोरङको केराबारी ९ देवीझोडामा १ नम्बर  प्रदेश स्तरीय खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।

पुर्वज्योती क्लबको आयोजनामा बुधबार शुरु भएको प्रतियोगितामा १ नम्बर प्रदेशको विभिन्न क्षेत्रका १२  टीम सहभागी छन् ।  दैनिक दुइवटा खेल हुने प्रतियोगिता केराबारी ९ देवीझोडा स्थित बुद्ध माध्यमिक स्कुलको प्राङ्गणमा भइरहेको छ ।

प्रतियोगिताको बुधबार एक औपचारिक कार्यक्रम सहित उद्घाटन गरिएको छ । कार्यक्रममा केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की प्रमुख अतिथी तथा  केराबारीकै उपाध्यक्ष शान्ति लिम्बू , लेटाङ नगरपालिकाका प्रमुख तथा पुर्वान्चल खेलकुद संघका  पुर्व उपाध्यक्ष शंंकर राई, भलिबल प्रशिक्षक प्रकाश थपलिया, भलिबल संघ १ नम्बर प्रदेश उपाध्यक्ष हरि बहादुर निरौला लगायतको विशेष आतिथ्यता थियो ।

बुधबारको उद्घाटन खेल अन्तरगत पहिलो प्रतिस्पर्धामा आयोजक पुर्वज्योती क्लब र बाझोगरा भलिबल क्लब, धरानबिच प्रतिस्पर्धा भएको थियो । जसमा आयोजकले ३-० ले जित हात पार्यो ।

त्यस्तै दोस्रो प्रतियोगितामा आदर्श युवा क्लब डांगीहाट र पुर्वी पृतना इटहरी को खेल हुने तय भएपनि अन्तिम समयमा आएर सेनाको टोलीले नआएर धोका दिएपछि खेल नै नखेली आदर्शलाई बिजेता घोषणा गरिएको थियोे । 

प्रतियोगितामा बराह बाहिनी पकली, प्रदेश प्रहरी रानी, खोटाङ भलिबल क्लब, बिर्तामोड क्लब, मन्टेस ओभरसिज, झापा, तथा उर्लाबारी र रामधुनी गरी १२ टीमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल २०७४ चैत २६ गते हुनेछ ।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद प्रबर्द्धक र सिद्दार्थ बोर्डिङ स्कुल सह प्रायोजक रहेका छन् । त्यस्तै देवीझोडा सामुदायिक वन, सिंहदेवी सा.व.,केराबारी गाउँपालिका, केराबारी वडा ९ र देवीझोडा कुसुमे सरोकार समाज प्रायोजक छन् ।  त्यस्तै केराबारीका शिवम क्रसर, महादेेव क्रसर, कृष्ण क्रसर, केराबारीको ३ र ८ वडा ,सुन्दर हरैचाको श्रेष्ठ तारजाली उद्योग र बेलबारीको सत्य कौशल काष्ठ उद्योग आदि विशेष सहयोगीको रूपमा छन् ।

प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख १ हजार १ सय ११, दोश्रो हुनेलाइ ६५ हजार ५ सय ५५ र तेस्रो र चौथोलाइ सान्त्वना स्वरुप १५/१५ हजार नगद सहित सिल्ड , मेडल र प्रमाणपत्र दिइने आयोजक पुर्वज्योती क्लबका अध्यक्ष गोबिन्द बस्नेतले जानकारी दिए । प्रतियोगितामा करिब ६ लाख खर्च हुने आयोजकले जनाएको छ । – अम्बिका भण्डारी 

4,819 total views, 2 views today

तपाईको प्रतिक्रिया