६१ औं सहकारी दिवसको अबसर पारेर लेटाङ नगरपालिकाले आफ्नो नगरक्षेत्रका सबै सहकारीहरुको सहभागितामा औपचारिक कार्यक्रम गरेको छ । 

लेटाङ नगरपालिकाको आयोजना र लेटाङ नगरपालिकाका प्रमुख शंकर राइकै प्रमुख आतिथ्यतामा मङलबार भएको सहकारी दिवसको कार्यक्रममा लेटाङ नगर क्षेत्रका ५१ वटा सहकारीका प्रतिनिधि सहभागी थिए । लेटाङ नगरपालिकाका प्रमुख शंकर राइले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

नगरक्षेत्रका सबै सहकारी संस्थाहरुको नियमन, नियन्त्रण तथा खारेज लगायत नयाँ सहकारी दर्ता समेत गर्ने अधिकार नगरपालिकामै हस्तान्तरण भएपछिको पहिलो सहकारीमुलक कार्यक्रममा नगरपालिकाकी उपमेयर तथा विशेष अतिथी कृष्ण कुमारी निरौलाले स्वागत मन्तब्य दिएकी थिइन् । कार्यक्रममा  त्यसै क्षेत्रबाट निर्वाचित प्रदेश सभासदलाइ पनि विशेष अतिथिको रूपमा बोलाइए पनि उपस्थित थिएनन् । लेटाङ नगरपालिकाका प्रसासकीय अधिकृत पुण्य प्रसाद पौडेल पनि विशेष अतिथी थिए भने भुमिका पाख्रीनले कार्यक्रम संचालन गरेकी थिइन् । कार्यक्रमको सभापतित्व वडा नम्बर ४ का वडाध्यक्ष सन्तोष कार्कीले गरेका थिए ।

कार्यक्रममा सहभागी सहकारीकर्मीहरुले लेटाङ नगरपालिकासंग सहकार्य गरेर कृषि, उध्यम लगायतका क्षेत्रमा लगानी गरी बिकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनीहरूले बाहिरबाट आएका बित्तिय संस्थाहरुले गाउँ गाउँमा आएर गैर कानुनी रूपमा पैसा उठाएर सर्वसाधारणलाई ठगिरहेको भन्दै त्यस्ता संस्थाहरुको धन्दा बन्द गराउन नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा लेटाङ क्षेत्रमा सक्रिय सबै सहकारी संस्थाहरुलाइ सम्मानित गरिएको थियो ।कार्यक्रममा जिल्ला प्रसासन कार्यालय मोरङ र लेटाङ नगरपालिकाको पहलमा  गत बर्षा यामको बाढी पहिरोबाट पीडितहरु गजेन्द्र लिम्बु, जङ्ग बहादुर मगर, मन प्रसाद मगर र छिरिङ तामाङलाइ जनही २५ हजारका दरले राहत दिइएको थियो ।

5,693 total views, 2 views today

तपाईको प्रतिक्रिया