बेलबारी, माेरङ/ ६१ अाैँ सहकारी दिवशकाे अवसर पारेर लालीगुराँस बचत तथा ऋण सहकारी संस्था बलबारी माेरङले रक्तदान कार्यक्रम गरेकाे छ ।

बेलबारी बजारमा गरिएकाे उक्त रक्तदान कार्यक्रममा ८९ जनाले रगत दान गरेका थिए ।

विहान ७ वजेदेखि संचालन भएकाे रक्तदान  कार्यक्रममा सहभागी हुनेलाई “रक्तदान जीवनदान” लेखिएका टिसर्ट प्रदान गरिएकाे थियाे ।रक्तदान कार्यक्रमलाई सफल वनाउन उल्लेख्य मात्रामा युवा परिचालन गरिएकाे थियाे ।रक्तदान जीवनदान लेखिएका टिसर्ट लगाएका युवाहरु खटिरहेका देखिन्थे ।

लालिगुरांस दुई हजार भन्दा बढी शेयर सदस्य भएको मोरङ्कै ठुलो मध्येको एक सहकारी संस्था हो । यसले हरेक बर्ष एक दुई पटक रक्तदान आयोजना गर्दै आएको छ । सहकारीले लामो समयदेखि एम्बुलेन्स समेत संचालन गर्दै आएको छ ।

यस दिन नवप्रवेसी शेयर सदस्यलाई संस्थाले विशेष छुटकाे व्यवस्था गरेकाे पनि लालीगुराँस वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुर्गा गाैतमले जानकारी दिए ।

4,896 total views, 2 views today

तपाईको प्रतिक्रिया