काठमाडौ । पल्लव प्रकाश र मेलिना राईको आधुनिक गीत “आगो ” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
आधुनिक गीत “आगो ” म्यूजिक भिडियोलाई  बुुढासुब्बा म्युजिक मार्फत वाहिर ल्याइएको हो। अमीर गजमेरद्वारा निर्देशित यस भिडियोमा मोडल बिक्रम गजमेर , सम्पदा र बिनिताले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् ।

विल्कुलै फरक धारमा निर्मित “आगो” पप म्यूजिक भिडियोमा संगीतकार सगर साईलो को संगीत रहेको छ। त्यस्तैगरी राजु बस्यालको शब्द र चांद सिङको एरेञ्जरमा तयार पारिएको भिडियोलाई सुशिल न्यौपानेले सम्पादन गरेका हुन् भने उत्सव दाहालले छायांकन गरेका छन् ।

880 total views, 17 views today

तपाईको प्रतिक्रिया