राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) द्धारा आयोजीत ‘ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४’ द्रोस्रो चरणको डेलीलाइफ फोटोपत्रकारीता विधातर्फ नेपाल टेलीकमले प्रायोजन गर्ने भएको छ ।
आगामी २०७५ साल बैसाख १३ गते फोटोपत्रकारीता दिवसको अवसरमा हुने उक्त अवार्डको लागि नेपाल टेलीकमका कमरर्सियल डेपुटी म्यानेजर ईश्वरचन्द्र रिमाल र कार्यक्रम संयोजक प्रदीपराज वन्त विच सम्झौता पत्रका हस्ताक्षर भएको छ ।
नेपाल अधिराज्यभर डेली लाइफ विधामा फोटो पत्रकारीता गर्नेहरु मध्यवाट एक जना सक्रिय फोटो पत्रकारलाईे यो पुरस्कार प्रदान गरिने छ । पुरस्कारको राशी २५ हजार नगद, ट्रफी र सम्मानपत्र रहेको छ । उक्त अवार्ड काठमाडौंको नेपाल आर्मी क्लवको हलमा विषेश कार्यक्रम गरी वितरण गरने छ ।

2,010 total views, 3 views today

तपाईको प्रतिक्रिया