लिखु गाउँपालिका वडा नम्बर ४, ओखलढुंगाकी ४ बर्षिया कृष्टिना सुनुवार हामीमाझ रहनु भएन । कृष्टिनाको उपचारको क्रममा १८ फागुनमा निधन भईसकेको जानकारी गराउनु पर्दा मलाई अत्यन्त दुःख लागेको छ ।
कृष्टिनाको उपचारका लागि सहयोग रकम संकलन गरेको थियौ । विभिन्न देशमा रहनु भएका दयालु महानुभावहरूबाट जम्मा रु. सात लाख ८ हजार २३० जम्मा भएको जानकारी गराउँदछु ।
सो रकम कृष्टिनाकी दिदीहरू तास्ना रुपाचा र तृष्णा रुपाचाको नाममा राष्ट्रिय बाणिज्य बैंक, खाता नम्बर ११४०००००९३०५ मा रु. तीन लाख ५४ हजार एक सय १५ जम्मा र ११४०००००९४०५ मा पनि रु. तीन लाख ५४ हजार एक सय १५ जम्मा गरिदिएको जानकारी गराउन चाहन्छु ।

सहयोग रकम चित्रा नेम्बाङ युके देब भट्टराई दृुबईबाट रु. तीन लाख २७ हजार ३१०, यशोदा राई अमेरिका रु. ६३ हजार ७२१, शान्ती गुरुङ सिंगापुर रु. २९ हजार ६५२, सन्चमान राई भुटनीज समाज पेन्सिल्वेनिया अमेरिका रु. दुई लाख दुई हजार ६८०, युएस गुरुङ अमेरिका रु. ३२ हजार २४४ र नेपाल, कतार, बहराई लगायतका देशबाट उठेको रु. ५२ हजार ७२३ संकलन भएको थियो ।

 – खुशी राई
काठमाडौं

1,854 total views, 3 views today

तपाईको प्रतिक्रिया