बेलबारी, मोरङ । मोरङको बेलबारीस्थित बेतना सिमसार सामुदायिक बन उपभोक्ता समूहले बेतना सिमसारका बिकासे जातका माछा बिक्रीबाट यसपटक  ५ लाख बढी आम्दानी गरेको छ ।
चैत ११ गते आईतबारदेखि १६ गतेसम्म्ममा सिमसार पोखरीबाट २ हजार केजी भन्दा बढी माछा निकालेर बिक्री गरिएको र त्यसबाट पांच  लाख भन्दा बढी आम्दानी भएको समुहका अध्यक्ष डम्बर बस्नेतले बताए । सिमसार पोखरीबाट  रहु, नैनी, मुङग्री, कवाई अादि जातका माछाहरु बिक्री गरिएको थियाे ।

समुहको निर्णय अनुसार सुचना प्रकाशित गरी पोखरीमा रहेका बिकासे जातका माछाहरु बिक्री गरेको र शुक्रबारदेेखि बिक्री बन्द गरिएको समुहका कोषाध्यक्ष कमल कोईरालाले जानकारी दिए ।

3,355 total views, 2 views today

तपाईको प्रतिक्रिया