केशु विरही/ बेलबारी, लामाे समयपछिकाे विवादपछि वहुप्रतिष्ठित “वागदेवी –सुकुना वाटर रिचार्ज परियाेजना बेलबारी-सुन्दरहरैचा” संचालनमा अाउने भएकाे छ ।

बागदेवी सामुदायिक वन बेलबारी नगरपालिका वार्ड नं -२ र सुकुना सामुदायिक वन सुन्दरहरैचा नगरपालिका वार्ड नं -१०, काे सिमानामा झण्डै १४ हेक्टर वरावरकाे क्षेत्रफलमा संचालन हुने साे परियाेजनाकाे उपभाेक्ता समितिमा कस्काे वहुमत रहने भन्ने विवादले झण्डै परियाेजना नै फिर्ता हुने अवस्थामा पुगेकाे थियाे ।

साे क्षेत्रकै प्रतिष्ठाकाे रुपमा लिएकाे याेजना साे गुम्ने अवस्थामा पुगेपछि माेरङ् क्षेत्र नं ३ का प्रतिनिधिसभा सांसद राजकुमार अाेझा, राष्ट्रपति चुरे मधेष तराई संरक्षण समितिका उपसचिव ताेपबहादुर श्रेष्ठ, चुरे पूर्वान्चलका संयाेजक उज्जल रघुवंशी, पूर्व सांसद चन्द्र कुमार गुरुङकाे उपस्थितीमा विवाद मिलाएकाे थियाे हुन् ।

याे भन्दा अघि पटक पटक रुपमा भएका छलफलहरु असफल भएका थिए । कहिले उपभाेक्ता समूह, तथा नगरस्तरीय छलफल भए पनि ती सबै सफल भएका थिएनन् ।

साे परियाेजनाका लागि राष्टपति चुरे तराई मधेष संरक्षण विकास समिति मार्फत ७२ लाखकाे वजेट छुट्टिएकाे भएपनि निर्माण समितिमा सुकुनाका तर्फवाट अध्यक्ष काेषाध्यक्ष लगायत ९ सदश्यीय समितपमा ५ जना हुनु पर्ने अडान लिए पछि परियाेजना तुहिने अवस्थामै पुगिसके वागदेवी पक्षकाे अाराेप रहेकाे थियाे । तर सुकुना पक्ष भने वागदेवीले पहिला अाफै‌ले गरेकाे भद्र सहमति ताेडेकाेले गर्दा सहमतिमा ढिलाे भएकाे अाराेप लगाउँदै अाएकाे थियाे ।

पटप पटककाे प्रयासमा पनि विवाद नमिल्ने देखिएपछि परियाेजना संचालन हुने वार्डका वाडाध्यक्षलाई हस्तक्षेप गरेरै भए पनि याेजना संचालन गर्नु पर्ने जनस्तरबाट दवाव अाएकाे थियाे । दुवै वाडका वाडाध्यक्ष सकेसम्म समजदारीमै समिति निर्माण गराउने नभए हस्तक्षेप गरेर भएपनि परियाेजनाकाे कार्य संचालन गराउने साेचमा देखिन्थे ।

कसरी वन्याे त सहमति ?

लामाे विवाद अाएर समस्या समाधान नहुने देखिए पछि बेलबारी नगरपालिका वाड नं का वाडाध्यक्ष घनश्याम गाैतम र सुन्दरहरैचा वार्ड नं १० वाडाध्यक्षसंग सल्लाह गरेर अध्यक्ष लिने समूहले ४ र उपाध्यक्ष लिनेले ५ सदस्य लिनु पर्ने प्रस्ताव अघि सारे। सुरुमा विमति राखे पनि अन्तत सुकुनाले साे प्रस्तावमा स्विकार जनायाे । साे प्रस्तावलाई सहमति त जनायाे तर समितिमा काे काे बस्ने भन्ने कुराले पुन: विवाद लियाे ।

अन्तत ९ सदश्यीय उपभाेक्ता समितिमा अध्यक्ष, काेषाध्यक्ष र दुई सदस्य गरि ४ जना सुकुनालाई र उपाध्यक्ष, सचिव र ३ जना सदस्य गरि पाँच जना वागदेवीलाई दिएर विवाद मिलाईयाे ।

काेकाे छन उपभाेक्ता समितिमा ?

नवनिर्मित बागदेवी- सुकुना वाटर रिचार्जपरियाेजना निर्मार्ण उपभाेक्ता समितिमा अध्यक्ष राम बहादुर मास्के, उपाध्यक्ष सीता बास्ताेला सचिव फणिन्द्र थापा, काेषाध्यक्ष अर्जुन कुमार कार्की र सदस्यहरुमा गाेविन्द्र प्रसाद घिमिरे, तुलसी जङ्ग कार्की, कमला गुरुङ, टीका सुनुवार, हाेमनाथ ढकाल रहेका छन ।

साथै परियाेजनालाई प्रभावकारिढंगबाट संचालन गर्न पूर्वसांसद चन्द्र कुमार गुरुङकाे अध्यक्षतामा पाँच सदश्यीय अनुगमन समितिकाे समेतकाे पनि निर्माण गरिएकाे छ । साे समितिमा बेलबारी नगरपालिका वार्ड नं २ वाडाध्यक्ष घनश्याम गाैतम, सुन्दरहरैचा नगरपालिका वार्ड नं १० का वाडाध्यक्ष राजेन्द्र वहादुर थापा, पत्रकार केशु विरही र टीका भट्टराई (चापागाई) रहेका छन् ।

गुम्न लागेकाे परियाेजना संचालन हुने भएपछि स्थानीयवासी पनि खुसी देखिएका छन् । तर यति विवादका विच वनेकाे समितिले काम कसरी वनाउने हाे त्याे भने हेर्नै वाकी छ ।

3,178 total views, 2 views today

तपाईको प्रतिक्रिया