तेह्रथुम​  । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–६, मोराहाङको सिकिदिममा चिया प्रशोधन उद्योग स्थापना भएको छ । सिकिदिम चिया उत्पादक सहकारी संस्थामार्फत किसान आफैँले श्रमदान र लगानी समेत गरेर प्रशोधन उद्योग स्थापना गरेका हुन् ।

सहकारी मार्फत चिया प्रशोधन उद्योग स्थापनाका लागि किसानलाई उन्नति परियोजनाले आर्थिक सहयोग गरेको छ । करिब बीस लाख रुपैयाँ लगानीमा उद्योग स्थापना भएपछि किसानले उत्पादन गरेको हरियो पत्ती खेर नजाने भएको सहकारी संस्थाका अध्यक्ष गोविन्द लिम्बुले बताउनुभयो ।

यसअघि विगतका वर्षहरुमा प्रशोधन उद्योग नहुँदा मोराहाङका चिया किसानहरुले उत्पादन गरेको हरियो पत्ती प्रशोधनमै नआई त्यतिकै नष्ट भएर जाने गरेको थियो ।

अहिले किसानले हरियो पत्ती टिप्ने समय सुरु भएकाले यही वर्षबाट उद्योगले उत्पादन गर्ने अध्यक्ष लिम्बुले बताउनुभयो । अब मोराहाङमै किसानले हरियो पत्ती टिपेर प्रशोधन, ग्रेडिङ र प्याकेजिङ समेत गरी तयारी चिया उत्पादन गर्ने भएका छन् । – हिमशिखर टीभीको सहयोगमा

1,361 total views, 2 views today

तपाईको प्रतिक्रिया