युवराज ठकुरी/सिंहदेवी,मोरङ / प्रत्येक वर्ष झैँ यो वर्ष पनि केराबारी गाउँपालिका मोरङको पर्यटकीय स्थान सिंहदेवीमा नयाँ वर्षको उपलक्ष्य पारेर  बैशाख १ गतेदेखि जेफाले पर्यटन मेला लाग्ने भएको छ ।

२०७५ बैशाख १ गतेदेखि शुरूवात हुने जेफाले पर्यटन मेला बजारका साथमा  गाउँपालिका तथा नगरपालिका स्तरीय भलिबल प्रतियोगिता, साहित्यिक कार्यक्रम तथा स्थानीय जनजातिहरुको सांस्कृतिक झाकीँहरु प्रदर्सन गरिने आयोजकले बताएका छन् ।

उत्तरी मोरङ साहित्य मन्चको संयोजनमा बैशाख १ गते साहित्यिक रचना वाचन तथा मेला बजार व्यवस्थापन समितिको संयोजनमा जनजातिहरुको सांस्कृतिक झाकीहरु तथा भलिबल खेलको उद्घाटन गरिने मेलाबजार व्यवस्थापन समितिका अध्यक्ष भीम ठकुरीले बताए ।

भलिबल प्रतियोगितामा विजयी हुने प्रथम,दोस्रो टीमहरुलाई क्रमशःपचास हजार, कप ,मेडल र प्रमाणपत्र ,तीसहजार कप ,मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । खेलमा सहभागी टीमहरुले २७ गते भित्र सम्पर्क गरिसक्नुपर्ने आयोजकले बताएको छ ।प्रतियोगितामा इन्ट्री फि २ हजार १५१ रुपैयाँ राखिएको छ ।
अघिल्लो वर्ष साविक गाविस स्तरीय भलिबल प्रतियोगिता ,गजल प्रतियोगिता,लोकगीत प्रतियोगिता र लोकदोहोरी गायनको आयोजना गरिएको थियो।

5,532 total views, 4 views today

तपाईको प्रतिक्रिया