व्यवसायिक फोटो पत्रकारहरुको पहिलो आधिकारिक संगठन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) राष्ट्रिय फोटो पत्रकारिता दिवस तथा स्थापनाको २१ औं वर्षगाँठको अवसर पारेर बैशाख १३ गते  ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४’ गर्नेेेे भएको छ ।

देशभर विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकाहरुको क्षमता र योग्यताको कदर गर्दै  फोटो पत्रकारहरुको उच्च मनोवल वृद्धिको लागि अवार्ड बितरण गर्न लागिएको हो । अवार्डमा फरक फरक १३ बिधामा नगद पुरस्कार सहित, ट्रफी र सम्मानपत्र प्रदान गरिनेछ ।

यस पेशालाई जीवनभर अंगालेर हाल निवृत्त जीवन व्यतित गरि रहनु भएका अग्रज फोटोपत्रकार गुरुहरुलाई समेत सम्मान गर्ने पवित्र उदेश्य राखी एनएफपीजेले दोस्रो अवार्ड आयोजना गर्न लागेको  पत्रकार सम्मेलन गरि आयोजकले जनाएको छ ।

यस कार्यक्रमको विधिवत रुपमा २०७५ साल बैसाख १३ गते विशेष समारोहको आयोजना गरी  अवार्ड प्रदान गरिनेछ । उक्त कार्यक्रममा प्रधानमन्त्री , सन्चारमन्त्री लगायत नेेेता, व्यापारीक तथा कुटनैतिक व्यक्तित्वहरु साथै वरिष्ठ कलाकारहरुको उपस्थिति रहनेछ  । कार्यक्रममा  सांगीतिक प्रस्तुतीहरु पनि  हुनेछन् । भद्रकालीस्थित आर्मी अफिर्सस् क्लवमा आयोजना हुने सो विशेष समारोहका विभिन्न ४ वटा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछन्  ।

अवार्डका विधाहरु
१. लाइफटाइम एचिभमेन्ट अवार्ड, २०७४ : लाइफ टाइम एचिभमेन्ट अवार्ड ५० हजार नगद, ट्रफी र सम्मानपत्र सहितको हुनेछ । यो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा विगत लामो समयदेखि सक्रिय रुपमा क्रियाशील फोटो पत्रकार तथा लामोसमय फोटोपत्रकारीता गरी हाल निवृत्त भएकाहरु मध्येबाट एकजनालाई प्रदान गरिनेछ । यसको छनौट अवार्ड छनौट निर्णायक समितिले गर्नेछ ।

२. वर्ष उत्कृष्ट फोटोपत्रकारीता विधा : विभिन्न ११ वटा विधामध्येबाट उत्कृष्ट ठहर भएका एकजना फोटो पत्रकारलाई यो अवार्ड प्रदान गरिने छ । अवार्डमा २५ हजार नगद, ट्रफी र सम्मानपत्र रहनेछ ।
३. खेलकुद फोटोपत्रकारीता विधा : यो विधा अन्तरगत खेलकुदको क्षेत्रमा उत्कृष्ट फोटो खिच्ने एकजना फोटो पत्रकारलाई पुरस्कृत गरिने छ ।
४. पर्यटन तथा संस्कृति विधा : देशको पर्यटन तथा संस्कृतिलाई फोटोको माध्यमबाट पत्रकारितामा उतार्ने फोटो पत्रकारहरुलाई यो विधामा पुरस्कार प्रदान गरिनेछ ।
५. राजनैतिक फोटोपत्रकारीता विधा : देशको महत्वपूर्ण राजनीतिक गतिविधिलाई फोटोको माध्यमबाट समाचार बनाउने फोटो पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदान गरिनेछ ।
६. दैनिक जीवन फोटोपत्रकारीता विधा : समाजको दैनिक गतिविधिलाई फोटोको माध्यमबाट समाचारका रुपमा प्रकाशित गर्ने पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदान गरिने छ ।
७. मनोरन्जन फोटोपत्रकारीता विधा : मनोरञ्जन क्षेत्रका गतिविधिलाई फोटो मार्फत समाचार बनाउने फोटो पत्रकार यो विधाबाट पुरस्कृत हुनेछन् ।
८. आर्थिक फोटोपत्रकारीता विधा : व्यापार, व्यवसायलगायतका क्षेत्रमा भै रहेका विभिन्न कृयाकलाप फोटोको माध्यमबाट समाचार बनाउने फोटो पत्रकारले यो विधाको पुरस्कार प्राप्त गर्नेछन् ।
९. महिला फोटोपत्रकार विधाः महिला फोटो पत्रकारका रुपमा विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला फोटो पत्रकारहरुमध्येबाट छनौट गरी एकजनालाई यो पुरस्कार वितरण गरिने छ ।
१०. उपत्यका वाहिर फोटोपत्रकारीता (मोफसल) विधा : राजधानी बाहिर रहेर सक्रिय रुपमा विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एकजनाले यो पुरस्कार प्राप्त गर्नेछन् ।
११. अनलाईन फोटोपत्रकारीता विधा : विभिन्न अनलाईन समाचार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्ये एकजनालाई यो विधाको पुरस्कार प्रदान गरिने छ ।
१२. स्वतन्त्र फोटोपत्रकारीता विधा : विभिन्न संन्चार माध्ययममा स्वतन्त्र ढंगवाट फोटोको सेवा प्रदान गर्दै आउनु भएका फोटो पत्रकारहरु मध्ये एकजनालाई यो विधाको पुरस्कार प्रदान गरिने छ ।
१३. एनएफपीजे सक्रिय सदस्य विधा : राष्ट्रिय फोटो पत्रकार समूहका सक्रिय सदस्यमध्ये एकजनालाई यो राशीको पुरस्कार प्रदान गरिने छ । पहिलो बुंदा बाहेेक सबै  बिधामा २५ हजार नगद, ट्रफी र प्रमाणपत्र दिइने छ ।

नियमहरु :

१. अवार्डमा सहभागी हुनका लागि छापा माध्यममा कम्तीमा १ वर्ष काम गरेको हुनुपर्ने अनलाईनको हकमा भने कम्तीमा ६ महिना काम गरेको हुनुपर्नेछ ।

२. आवेदन फारमसँगै एक प्रति पासपोर्ट साइजको फोटो, कार्यरत संस्थाको नवीकरण खुलेको परिचयपत्रको प्रतिलिपि,अनिवार्य रुपमा समावेश गराउनुपर्नेछ ।
३.  अवार्डमा सहभागी हुनका लागि आवेदन फारम संस्थाको आधिकारिक वेवसाइट www.nfpj.org.np  मा प्राप्त गर्न सकिने छ । सो आवेदन फारम अनलाईनबाट मात्र भर्न सकिनेछ ।
४. फोटो पत्रकारको रुपमा कहिलेदेखि काम गदै आएको उल्लेख गर्दै उक्त संस्थाको आधीकारीक परिचयपत्रको प्रतिलिपि समावेश गरिनु पर्ने छ ।
५. स्वतन्त्र फोटो पत्रकारको हकमा भने विभिन्न संचार माध्ययमले दिएको परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
देशभर फोटोपत्रकारीमा सक्रिय रुपमा कामगर्ने सम्पूर्ण पत्रकार साथीहरुले सहभागी जनाउन सक्नु हुनेछ ।
अवार्ड छनौटका प्रक्रियाहरु :
१. विभिन्न छापा माध्यमका सम्पादकहरु मध्येबाट एकजना, अनलाईन न्यूज पोर्टलका सम्पादक मध्येबाट एकजना सम्पादक, बरिष्ठ फोटो पत्रकारमध्येबाट एकजना, एनएफपीजेका अध्यक्ष, कार्यक्रम संयोजक लगायतका बढीमा ५ जनाको छनौट समितिले  पुरस्कार बारे अन्तिम निर्णय लिनेछ ।

२. उत्कृष्ट ५ मनोनयनमा पर्न सफल भएका फोटोपत्रकारहरु संग आयोजकले मागेमा  (१२ × १८ इन्च) प्रत्येक विधाका ५ ओटा  फोटाहरु पठाउन सक्नु पर्नेछ । ती उक्त फोटोहरु संस्थामा सुरक्षित रहने छ ।

 

2,736 total views, 3 views today

तपाईको प्रतिक्रिया