धरान  । सप्तकोसी नदीमा पहिलोपटक केहि युवाहरुले  व्यवसायिक रुपमा जेटबोट सञ्चालन गर्न थालेपछि त्यो सबैको आकर्षण बन्न थालेको छ ।

जेटबोटले खासगरी धार्मिकस्थल बराहक्षेत्रको दर्शन गर्न जाने भक्तजनलाई सहज भएको छ । जेट बोट चतराको जगद्गुरु आश्रमको पश्चिम कोसी नदी (ठूलो कोसी) बाट धनकुटाको सिम्ले भन्ने स्थानसम्म परीक्षण गरिएको छ । चतराबाट जलमार्ग हुँदै भोजपुर, धनकुटा तथा उदयपुर जिल्लाका विभिन्न स्थानमा आउने जाने यात्रु तथा पर्यटकलाई लक्षित गरी जेट बोट सञ्चालन गर्न लागिएको सञ्चालकको दाबी छ ।

उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको समन्वयमा स्थानीय आठजना युवाहरुले बराहक्षेत्र यातायात तथा पर्यटन सेवा नामक कम्पनी दर्ता गरेर सप्तकोसी नदीमा जेटबोट सञ्चालनमा ल्याएका हुन्  ।
जेटबोट ३ करोडको रुपैयाँमा भारतको पुनाबाट ल्याइएको जनाइएको छ । नेपालमा जल यात्रा गर्ने पहिलो गन्तव्य बनाउन जेटबोटले सहयोग पुग्ने सञ्चालक बताउँछन । अहिले सञ्चालनमा ल्याइएको जेटबोटको यात्रु क्षमता ३० रहेको छ । यात्रु र सामानसहित भने ३५ सय किलो लैजान सकिने क्षमता भएकोले हाललाई २५ जना यात्रु र उनीहरुका सामान्य लगेज मात्र चढाइने जेटबोट कम्पनीले जनाएको छ ।

3,036 total views, 2 views today

तपाईको प्रतिक्रिया