रामकुमार परियार
युएई – नेपाली जनसंपर्क समिति युएईले गत शुक्रबार दुबईमा एक विशेष कार्यक्रमको आयोजना गरि स्वर्गीय गिरिजाप्रसाद कोईरालाको ८ औं स्मृति दिवस मनाएको छ ।
 
विस्तृत शान्ती सम्झौता गरेर माओवादीलाई ससस्त्र द्वन्द्वबाट शान्तिपुर्ण बाटोमा ल्याउन प्रमुख भुमिका खेल्ने स्वर्गीय गिरिजाप्रसाद कोईरालालाई नेपालमा मात्र नभएर संसारभर एक निडर , दुर्दर्शी र कुसल राजनीतिज्ञका रूपमा लिने गरिन्छ ।
 
कोईरालाको ८ औं पुण्य तिथिका अवसरमा नेपाली कांग्रेस केन्द्रिय कार्यालय , जिल्ला तथा प्रादेशिक समिति र विदेशस्थित नेपाली जनसंपर्क समितिहरुले स्मृति दिवस मनाएको छ ।
नेपाली जनसंपर्क समिति युएईले आयोजना गरेको स्मृति दिवस कार्यक्रममा सहभागीहरुले कांग्रेसका पुर्व सभापति तथा नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोईरालाले मुलुकको संवृद्दि र शान्ति स्थापनामा खेलेको भुमिकाको चर्चा गरेका थिए ।
 
नेपाली जनसंपर्क समिति युएईका सभापति खेमराज बस्नेतको सभातित्वमा दुबईमा आयोजित कार्यक्रममा नेपाली जनसंपर्क समिति युएईका संस्थापक सभापति तथा संरक्षक चित्रबहादुर केसिको प्रमुख आतिथ्य रहेको थियो । 
 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाली जनसंपर्क समिती युएईका संस्थापक सभापति चित्रबहादुर केसिले आज मुलुकमा स्वर्गीय गिरिजाप्रसाद कोईराला जस्तै साहसी , निडर र दुरदर्शी नेताको खाँचो महसुस भएको बताउनु भयो । त्यसैगरी अतिथि ज्ञानेन्द्र बहादुर खत्रीले प्रवाशमा नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोईरालाको स्मृति दिवसमा सहभागी हुन पाउँदा खुसी लागेको बताउनु भयो । 
कार्यक्रममा बोल्दै नेपाली जनसंपर्क समितिका सभापति खेमराज बस्नेतले जहाँनिय राणा शासन हटाउने देखि लिएर द्वन्द्वको बाटोमा हिंडिरहेको माओवादीलाई शान्तिपुर्ण बाटोमा ल्याएर गणतन्त्र स्थापना गर्न अहम भुमिका खेल्ने गिरिजाप्रसाद कोईरालाको जतिनै प्रशंसा गरेपनी अपुर्ण हुने बताउँदै अहिले मुलुकले गिरिजाप्रसाद कोईराला जस्तै साहसी र कुसल नेता खोजि रहेको बताउनु भयो ।
 
महामन्त्री कृष्णप्रसाद गौतमले संचालन गर्नु भएको कार्यक्रममा रसअलखेमा क्षेत्रीय समिति , सारजाह क्षेत्रीय समिती , दुबई क्षेत्रीय समिति र केन्द्रिय समितिका पदाधिकारीहरुको उपस्थित रहेको प्रवक्ता हरि खड्काले बताउनु भयो ।

1,977 total views, 22 views today

तपाईको प्रतिक्रिया