इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका १ मध्य हर्षाहीमा बालबालिकाहरुका लागि बाल अधिकार सचेतना र नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न भएको छ ।

बालबालिकाहरुका लागि नेतृत्व विकास गर्नका लागि बाल अधिकार सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न भएको हो । ग्रामिण क्षेत्रका बालबालिकाहरुलाई नेतृत्व गर्न सिकाउने र बाल अधिकारको संरक्षणमा जोड दिनका लागि कार्यक्रम मार्फत प्रशिक्षण दिएको देवानगञ्ज १ का वाल सजालका संयोजक सदस्य मेहताले जानकारी दिनुभयो ।
विभिन्न विद्यालयका बालबालिकाहरु तथा बाल क्लवका बालबालिका र वाड क्षेत्रका बालबालिकाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको मेहताले बताउनुभयो । प्रशिक्षण तथा तालिम कार्यक्रम देवानगञ्ज गाउँपलिका १ नम्बर वडा कार्यालय मध्यहर्षाहीको सहयोग र साझेदारी नेपालको आयोजनामा सम्पन्न भएको थियोे ।

उता सुनसरीको देवानगञ्ज गाउँपालिका १ मध्यहर्षाहीमा सनिबार गित प्रतियोगिता सम्पन्न भएको छ ।

स्थानीय बालबालिकाहरुको सहभागितामा गित प्रतियोगिता सम्पन्न भएको हो । गित प्रतियोगिता साझेदारी नेपालको आयोजनामा र बालबालिकाहरुको सहभागितामा सम्पन्न भएको हो ।
सम्पन्न प्रतियोगितामा रोनिता दास प्रथम, अंशु मेहता द्धितिय, रम्भा दास तृतिय र अरुण मेहता तथा कुन्ती राम सान्तवना भएका छन् ।
प्रतियोगितामा कुन्ती मेहता, रितु पाल, सन्तोष मेहता, परमेश्वर मेहता, जयकृष्ण मेहता, प्रमोद दास, रीना मेहता, सुस्मिता मेहता, बजरगं मेहता र दशरथ मेहता लगायतका बाल प्रतियोगिहरुले गित गाएको कार्यक्रम सञ्चालक सिंकु कुमारी मेहताले जानकारी दिनुभयो । विजयी प्रतियोगीहरुलाई बाल सञ्जालका दशरथ मेहता, विष्णु मेहता र पुजा मेहता लगायतकाले पुरस्कार वितरण गर्नुभएको थियो ।

514 total views, 8 views today

तपाईको प्रतिक्रिया