इनरुवा । सुनसरीको बराहाक्षेत्र नगरपालिका ११ मधुवनको इक्राहीमा एक साता अघि भएको आगलागीबाट पीडित बनेका अग्नी पीडितहरुलाई यूथ अफ कोशीले राहत वितरण गरेको छ ।

यूथ अफ कोशीले विभिन्न ठाँउबाट संकलन गरेको राहत सामग्री आज अग्नी पीडितहरुलाई वितरण गरेको हो ।
यहाँ ५० परिवार अग्नी पीडितहरुलाई प्रति परिवार ३/३ केजीका दरले १ /१ बोरा भुजा, ४/४ ओटा कपि डटपेन, नुन, गिलास, साबुन, गम्छा लगायतका सामग्री वितरण गरेको संयोजक ब्रह्मदेव यादवले जानकारी दिनुभयो ।

 

524 total views, 12 views today

तपाईको प्रतिक्रिया