काठमाडौ /  काठमाडौँमा सम्पन्न भएको सम्झौता कार्यक्रममा सिजी फुड्स र ग्लोकल प्रा. ली. ले ग्लोकल टिन हिरो लाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता गरेका छन्  ।
वाई वाई ग्लोकल टिन हिरो ग्लोकल खबरले सुरुवात गरेको एक कार्यक्रम हो । किशोर- किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुतन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन एक कार्यक्रम गर्न लागेको हो । यस मन्च मार्फत किशोर- किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्को अन्य किशोर- किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको आयोजना गर्न लागेको हो ।

“हामी किशोर- किशोरीहरुको समर्थन प्रणालीको रुपमा रहेको यो सुरुवात जसले सकारात्मक परिवर्तन ल्याउन मदत गर्दछ यो सुरुवातसंग सम्झौता अघि बढाउन खुशी छौं । दिगो सम्झौता अघि बढाउने उदेश्यका साथ हामी अहिले सम्झौताको तेस्रो बर्षमा टेक्दैछौँ । हामी यो अवसरमा सामान्य जनतालाई यो अवगत गराउन चाहन्छौं कि यो हामी हाम्रो तरफबाट समाज कल्याणका लागी र किशोर- किशोरीहरुको समर्थनको लागी गर्दै छौँ ।” सिजी फुड्सका सीईवो श्री जी. पी. शाहले भन्नु भयो ।

ग्लोकल प्रा ली का कार्यकारी निर्देशक आशिष ठाकुरले जानकारी गराउनु भयो कि उहाँहरु वाई वाई जस्तो प्रख्यात ब्रान्डसँग जोडिएर ग्लोकल टिन हिरो को नाम अघि बढाउन हर्षित हुनुहुन्छ । “सिजी फुड्ससंगको सम्झौताले अझै उर्जा मूल्य थपेको छ । र हामीले तिन बर्ष देखी गर्दै आएको काममा सफल भएका छौँ । किशोर- किशोरीहरु, हामी यो बर्ष अझै भव्य रुपमा अघि बढेका छौँ ।

पहिलो दोस्रो र तेस्रो बर्ष को अविश्वनीय प्रतिक्रियाले ग्लोकल टिन हिरोको ध्येयलाई थप प्रोतशाहन मिलेको छ जसले अझै किशोर- किशोरीहरुलाई उत्प्रेरित र सशक्तिकरण गरेर उनीहरुको उत्साह, रचनात्मक र सुरुवातको रास्ट्रिय सम्मान गर्न अझै प्रोत्शहित गरेको छ ।

अझै उर्जाका साथ् यो बर्षको वाई वाई ग्लोकल टिन हिरो लागि आबेदन २२ बैशाख, २०७५ मा खुल्नेछ ।

6,668 total views, 19 views today

तपाईको प्रतिक्रिया